एसपी सिलवालको १४ महिने कार्यकाल अपराधी नियन्त्रणमा अब्बल

राजेन्द्र परियार
असार २ दमौली

आज भन्दा करिब १४ महिना अघि तनहुँमा प्रहरी उपरीक्षकका रुपमा आएका बिनोद सिलवालको सामु धेरै कार्यभार तथा चुनैतीहरु थिए । राजधानीको प्रहरी हेडक्वाटरबाट सरुवा भएर तनहुँ आउदा उनको अगाडी तनहुँमा बढ्दो आपराधिक घटनाकोे श्रृंखला, लागूपदार्थको बढ्दो दुव्र्यसन तथा ओसारपोसार र फरार अभियुक्तलाई पक्रनु उनका सामु देखिएका ठूला चुनौती थिए । यति मात्र नभएर सुस्त रहेको प्रहरी कमाण्डलाई परिचालन गर्दै चुस्त बनाउनु उनको जिम्मेवारी बनेको थियो । प्रयाप्त साधनश्रोत साधन नभएको र भएका भौतिक श्रोतसाधनलाई प्रयोग गर्दै सम्पन्न पार्नुे पर्ने थियो ।

झण्डै १४ महिने वर्षे कार्यकाल सकिएर हिंड्नै लाग्दा सिलवालले जिल्लावासीबाट वाहीवाही बटुलेका छन् । उनको कार्यकालमा खासै धेरै हिंसात्मक अपराधिक घटना भने घटेन । हिंसात्मक घटना नभएपनि अनुसन्धानमा भने सिलवाल अब्बल देखिन्थे ।

अनुसन्धानमा दक्षता हासिल गरेका सिलवालको अनुभवले तनहुँलाई राम्रै फाइदा भएको देखिन्छ । उनको पालामा तनहुँमा केही हिंसात्मक घटना घटे पनि उनको कार्यकालमा कुनै पनि घटनामा दोषी नै पहिचान नहुने अवस्था भने आएन र यस संगै उनको अब्बलता प्रमाणित भयो ।

बिशेष गरि बन्दिपुर गाउँपालिका स्थित डुम्रेको एक होटल संचालक माथि भएको धारिलो हतियार प्रहार भएको घटनामा शुरुमा घटना कस्ले घटायो भन्ने प्रश्न उठेको थियो । अन्त्यमा घटना होटल अगाडी उल्टी गरेको र सामान्य बिवादलाई ठुलो रुपमा घटाइएका अनुसन्धानमा पुष्टि भयो । घटना पुष्टि भए लगतै सम्लग्न लोक गायक प्रकाश कटुवाललाई हिरासतमा लिन सफल भए ।

यस्तै व्यास १ भादगाँउमा धारिलो हतियार प्रहार भयो । करिब नै दसजनाको समुहले स्थानिय एक युवकलाई खुकुरी प्रहार गरी फरार भए । घाईते युवकलाई २६ वटा टाँका लगाउनु पर्यो । अनुसन्धानको क्रममा केटी जिस्काएको निहुमा घटना भएको पुष्टी भयो र सम्लग्न सबैलाई नियन्त्रणमा लिन सफल भए । यो त प्रतिनिधि घटना मात्रै थिए ।

यसबाहेक केही महिना अधि मात्रै भानुमा एक युवकको हत्या गरिएको थियो । घटना घटे लगतै केही दिनमा नै सो घटनामा सम्लग्नहरुलाई पक्राउ गर्न सफल भए । प्रहरी उपरीक्षक सिलवालकै कार्यकालमा नदीको दोहनका घटनामा सोचेजति प्रगति नभए पनि लागूपदार्थको ओसारपसारमा उनको कार्यकालमा उल्लेख्य गिरावट आएको सर्वसाधारणले महसुस गरेका छन् । हँसिलो मुहार, कुटनैतिक स्वभाव र उच्चस्तरको सुझबुझका कारण सिलवाल यसअघिका प्रहरी उपरीक्षकभन्दा फरक देखिए ।

समग्रमा वाहीवाही पाएर गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा खटिएका सिलवालको जिम्मेवारी सम्महाल्न अब एसपी अरुण पौडेल आउने भएका छन् । हाल बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा मकवानपुरमा कार्यरत पौडेलको तनहुँ सरुवा भएर आउने भएका हुन् ।

तस्विरः प्रकाश अधिकारीको फेस्बुकवाल बाट

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button