तनहुँमा पहिरोको वितण्डाः राजमार्ग भासियो, घर पुरियो

दमैली खबर संवाददाता

साउन ६ , दमौली

केही दिन यता निरन्तर रुपमा परेको वर्षाका कारण आएको पहिरोले तनहँुका विभिन्न भागमा मानविय सँगै ठुलो भौतिक क्षति पु¥याएको छ । वर्षा पछि आएको पहिरोको कारण मंगलबार जिल्लाको विभिन्न स्थानको सडकहरु भासिएका छन् । भने विभिन्न ठाँउमा पहिरोले घर पुरिने देखि भत्किएका छन् । वर्षाका कारण पृथ्वीराजमार्ग अन्र्तगत पर्ने बन्दिपूर १ नाहालमा करिब १२ मिटर सडक भासिएर खाल्डो भएको छ । विहान करिब ७ बजे तिर उक्त सडक भासिएको स्थानियले जानकारी दिए । सडक भासिएको पछि वैकल्पीक बाटो सुचारु गरिएको छ । तत्कालको लागि भासिएको राजमार्ग भन्दा माथि पर्ने जग्गामा डाइभर्सन बाटो बनाई खुल्लाईएको छ । भासएिको ठाँउमा पुननिर्माण गर्न केही समय लाग्ने बताईएको छ । वर्षा भईराखेमा निर्माण्कार्यमा समस्या उत्पन हुने जनाईएको छ । हाल उक्त ठाँउमा एकतर्फी सवारी साधन सञ्चालनमा आएका छन् भने जोखिम क्षेत्रलाई न्यनिकरण गर्न तर्फ प्रहरी जुटिरहेको छ ।इलाका प्रहरी कार्यालय डुम्रेको अनुसार डाइभर्सन बनाई ग्राभेलिङ गरि सवारी साधन गुडाईएको बताईएको छ । सडक भासिएको झण्डै २० घन्टा पछि वैकल्पीक बाटो निर्माण गरि सुचारु गरिएको प्रहरीले जानकारी दिएको छ। पहिरोको कारण सवारी साधन र यात्रुहरु अलपत्र परेका थिए ।

भिमाद बाट चितवन जान आएका किशोर श्रेष्ठले पहिरो कारण विभिन्न ठाँउमा अलपत्र परेको बताए । उनले भने,“विहान देखि विभिन्न ठाँउमा पहिरोको कारण अड्किए बल्लतल्ल यहाँ सम्म आएको छु । ” “यो भन्दा अगाडी कति समस्या पार गर्न पर्छ थाहा नै छैन । ” अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्र्तगत म्याग्दे गाँउपालिका स्थित गुणादी, बन्दीपूर गाँउपालिका स्थित नाहला, बिमलनगर, आँबुखैरेनी गाँउपालिका स्थित ऐनापहरामा पहिरोको कारण सडक अवरुद्ध भएको थियो । पहिरोको कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गमा बाटो खुल्लाईएको छ । निरन्तर वर्षा भएमा जोखिम बढ्ने बताईएको छ । । त्यस्तै प्रसिद्ध धार्मिक स्थल छाब्दी मन्दिर जाने बाटो पनि भासिएको छ । व्यास १ स्थित छाब्दी मार्ग जाने बाटोमा खोलामा आएको बाढीले सडक भासिएको हो । सडक भासिँदा करिब १७ मिटर लामो खाल्डो परेको छ । उक्त बाटो भासिए सँगै छाब्दी जाने बाटो अवरुद्ध भएको छ ।उक्त बाटो पुन निर्माण गर्न समय लाग्ने बताईएको छ ।

निरन्तर वर्षाको कारण आएको पहिरोले मंगलबार बन्दिपूर १ चिसोपानीमा तीन घर पुरिएका छन् । घरमा पूर्ण रुपमा क्षती भएपनि मानिवय क्षती भने भएको छैन । पहिरोको कारण उक्त ठाँउमा ३५ घरधुरी विस्थापित भएका छन् । पहिरोले घर पुरिएर पछि स्थानिय आमा समुहको सामुदायिक भवनमा बस्नको लागि व्यवस्था मिलाईएको गाँउपालिकाले जनाएको छ । त्यस्तै नाहालामा दुई घरमा पूर्ण रुपमा भत्किएको छ । भौतिक रुपमा .क्षती भए पनि उक्त ठाँउमा मानविय क्षती भने भएको छैन । मंगलबार सम्म तनहँुका पहिरोको कारण १३ जनाको ज्यान गई सकेको छ भने बाढी पहिरोले सयौ मानिसहरु विस्थापित भएका छन् । मानविय क्षति सगै ठुलो भौतिक क्षती पनि भएको छ । पहिरो तथा बाढी पीडितलाई स्थानिय तहले तत्कालको लागि राहत व्यवस्था मिलाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button