पुन स्वास्थ्य परिक्षणको लागि नेता जोशी दिल्लीमा

दमौली खबर संवाददाता दमौली १३  भाद्र ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको समयमा तनहुँ व्यास–८ रिस्तीमा आक्रमणमा परी घाइते भएका नेता दीपकराज जोशी पुनः स्वास्थ्य परिक्षणको लागि भारतको नयाँ दिल्ली जानु भएको छ ।
व्यास नगरपालिकाको प्रमुखमा  स्वतन्त्र उम्मेदवार बन्नु भएका जोशीको त्यहाँका चिकित्सकले थप उपचार आवश्यक परेकोले जनाएकोले परिक्षणको लागि दिल्ली जानु भएको हो  । टाउकोमा गंभिर चोट लागेको तीन तीन महिनामा परिक्षण गर्न चिकित्सकको राय अनुसार दिल्लीमा पुग्नु भएको हो । हाल मेदान्त अस्पताल दिल्ली  उपचार भईरहेको उहाँको सचिवालयले जनाएको छ । टाउकोमा लागेको चोट अहिले सम्म पनि पूर्ण रुपले ठिक भएको छैन ।  जोशी उता बाट फर्केर आएपछि  अहिले जस्तै तपाईंहरूसँग सहकार्य गर्दै व्यास नगरपालिकाको बेथिती,विसङ्गतिको चिरफारमा यहाँहरुको वरिपरि नै बसेर सुख दुखमा साथ दिने नेता जोशीले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button