सत्यवतीको सहकारीको अध्यक्षमा पुनः हड्खले

दमौली खबर संवाददाता

दमौली, असोज २१

व्यास नगरपालिका–३ निमचोक स्थित सत्यवती बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अध्यक्षमा पुन सूर्यचन्द्र हड्खले चयन हुनु भएको छ । सहकारीको व्यास नगरपालिका–४ सिमलटारमा शनिबार सम्पन्न १२ औं साधरण सभा तथा चौंथो अधिवेशनले पूनः अध्यक्षमा चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा बिनोद खनाल, सचिवमा नारायणप्रसाद ढकाल, कोषाध्यक्षमा गिरीमाया पोख्रेल चयन हुनु भएको छ । सदस्यहरुमा गोपाचन्द्र हड्खले, प्रकाश श्रेष्ठ र मिनबहादुर कार्की चयन हुनु भएको छ । कार्य समितिका सबै पदहरुमा सर्वसम्मत चयन गरिएको हो । अधिवेशनको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा न्यौपानेले सञ्चालक समिति, कर्मचारी तथा ऋण तिनै पक्ष इमान्दार भएमात्रै सहकारी फष्टाउने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष हड्खलेले आफूले सहकारीबाट ऋण नलिने घोषणा गर्नु भएको थियो । सञ्चालक समिति इमान्दार हुँदा सबैलाई इमान्दार हुन टेवा पुग्ने उहाँको भनाई थियो ।

 

Show More

Related Articles

Check Also
Close
Back to top button