मादी नदी माथि कृत्रिम ताल, पर्यटकीय प्रवद्र्धन सँगै मिनि हाईड्रोपावर पनि बनाउन सकिने

पृथ्वीराजमार्ग मा पर्ने तनहुँको मादी नदीको पुल । कास्की र लमजुङको सिमानामा बग्दै आएको मादी नदी दमौलीमा सेतीसँग मिसिएको छ । मादी र सेतीको संगमममा रहेको दमौली बजारमा व्यास नगरपालिका पर्दछ । काठमाण्डौंबाट पोखरा घुम्न निस्कीएका पर्यटक दमौली हुदै जान्छन् । दमौली हुदै जाने पर्यटकहरुलाई यहि घुमफिर गराउन नगरपालिकाले धेरै पर्यटकीय गन्तव्य लगायत पूर्वधार निर्माण गरेको छ ।

केही समय अघि भाईरल भएको मानहँुकोट अहिले सुस्ताएको छ । दमौली लगायत आसपास क्षेत्रमा पर्यटकीय गन्तव्य भएपनि नगरपालिकाले त्यसबाट लाभ लिन भने सकेको छैन । दमौली भई जाने पर्यटक लाई यहि घुमफिर गराउन अनेकौं गुरुयोजना नगरपालिकाले बनाएको छ । त्यो मध्ये एक गुरुयोजना हो मादी बहुउद्देश्यीय विकास परियोजनाको गुरुयोजना । दमौलीदेखि शिशाघाटसम्म १८ किलोमिटर मादीको बीच भू–भागमा बाँध बाँधेर कृत्रिम ताल निर्माणगरि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य नगरपालिकाको छ ।

प्राकृतिक सम्पदालाई व्यवस्थित गरी आर्थिक आयआर्जन गर्ने उद्देश्यले ताल निर्माणको तयारी भइरहेको छ । मंगलबार एक कार्यक्रम गरि उक्त गुरुयोजनाको प्रस्तुतीकरण गरिएको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलका प्रमुख अतिथ्यतामा उक्त गुरुयोजनामा छलफल पनि गरिएको हो । करिब ६ अर्ब रुपैयाँमा निर्माण गर्न लागिएको उक्त योजनालाई अर्थक्वेक सेफ्टी सोलुसन संस्थाले प्रारम्भिन अध्ययन समेत गरेको छ ।

अर्थक्वेक संस्थाका सुमन थापाका अनुसार १८ कि.मी मादीको बीच भू–भागलाई तीन प्याकेजमा निर्माण गर्न सकिने भएको छ । तालसँगै मिनि हाईड्रोपावर, व्यापारिक केन्द्र, हाउजिङ विभिन्न जनजातिको सभाहल, मनोरञ्जन केन्द्र, पार्क’, मिनी गल्फकोर्स लगायतका संरचना निर्माण गर्न सकिने छ । उनले भने,‘अन्नपूर्ण दोस्रो हिमाल स्रोत रहेको मादी नदीको पानीलाई बाह्रै महिना उपभोग गर्न सकिने भएकाले मादी नदी मुनिको भागमा हाइड्रो पावर निर्माण गर्न सकिन्छ ।’

पर्यटकीय नगरी पोखरा जाने बाटोमै पर्ने भएकाले उक्त क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले गुरुयोजनाको रुपमा लिएको नगरप्रमुख न्यौपानेले बताए । गत वर्ष २०७६–०७७ मा नगरपालिकाले उक्त योजना अध्ययनको लागि ४० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button