निम्नवित्तीय जिन्दगी 🌹

 

निम्नवित्तीय जिन्दगी 🌹
(गजल )
अर्जुनकुमार न्यौपाने ( एकेएन गोगने )

यहाँ काम गर्ने गरेका ग-यै छन् ।
तिनै काम गर्ने मरेका म-यै छन् ।।
खडा छन् कडा वृक्ष सामन्तजस्ता ।
सुकी पात साना झरेका झ-यै छन् ।।
🌹
भए निम्नवित्तीय मान्छे खसीझैं ।
न दूबाे न बन्साे चरेका च-यै छन् ।।
अझै जिन्दगी बाँच्नुपर्नेछ भन्दै ।
सयाैं रक्तधारा छरेका छ-यै छन् ।।
🌹
न क्वैली छ साथी न गाना छ मैना ।
सुखी याम सारा टरेका ट-यै छन् ।।
न पानी छ खाेलाे न फेरी न साँघु ।
छ तृष्णा त्यसैमा तरेका त-यै छन् ।।
🌹
धनी थाप्तछन् हेयकाे तुच्छ पासाे ।
त्यही जालभित्रै परेका प-यै छन् ।।
सबै बीज राेप्ने उमार्ने छ निर्धाे ।
धनीले भकारी भरेका भ-यै छन् ।।
🌹
मलाई छिटाे न्याय देओ न ! भन्दा ।
सफा नेत्र अन्तै सरेका स-यै छन् ।।
विनम्री बनी जिन्दगी भीख माग्दा ।
रिसाएर दागा धरेका ध-यै छन् ।।
🌹

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button