फूल खेतीलाई प्रवंद्धन गरिनु उपयुत्त

दमौली खबर संवाददाता

नेपालमा पछिल्लो समय फूल खेतीको विस्तार हुँदै गएको छ । खेती विस्तार हुँदै गएपनि नेपालमा माग अनुसारको उत्पादन हुन सकेको छैन । विशेष गरी भारतीय फूल नेपालमा आयात हुने गरेको छ । भारतीय बजारबाट फूल आयातलाई निरुत्साहित गर्न पहल कदमी गर्न आवश्यक छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वदेशमै फूल उत्पादन आत्मनिर्भर बनाउने प्रयाश गरेको छ ।

भारतबाट फूल आयातबाट विस्थापित गरी पाङ्गरिक तवरबाट फूल उत्पादन गर्न प्रोत्साहन गर्न तनहुँको आँबुखैरनी गाउँपलिकामा सुरु गरिएको व्यवसायिक फूल खेतीले उत्पादन समेत दिन थालेको छ । आँबुखैरेनी गाउँपालिकाको पूmल खेतीको लागि मद्धत गरेको छ । सहयोगमा सुरु गरिएको खेतीले उत्पादन दिन थालेको हो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रम अन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अघि बढाएको छ यो प्रशंसानीय कार्य हो । कार्यक्रम अघि आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समुह,आँधीमूल आमा समुह र मित्रता मावि परिसरमा गरी २६ रोपानी रोपनी क्षेत्रफलमा व्यवसायिक फूल खेतीले गरिएको छ । त्यहाँ गरिएको खेतीले यतिबेला उत्पादन दिन थालेको छ । गत साउनको २० गते बिरुवा रोपिएपछि अहिले उत्पादन दिन थालेपछि खुसी छाएको छ । दुई वटा आमा समूहलाई पहिलो बर्षमा रु.नब्बे हजार पूर्ण रुपमा अनुदान प्रदान गरेपनि आगामी दोस्रो बर्षदेखि गाउँपालिकाले प्राविधिक सहयोग मात्रै गर्ने योजना बनाएको बताइन्छ । यो योजना उपयुत्त छ । आमा समुहले पहिलो बर्षमा फूलखेतीबाट गरेको आम्दानीबाट बर्षेनी सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ । उक्त मित्रता माविको हकमा भने पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत एकमुष्ट रु.तीन लाख प्रदान गरेर आयआर्जनबाट पठनपाठनमा सहयोग पु¥याउने काम गरिएको छ । पालिकाले चालेको यस कदमले फूलमा आत्मनिर्भर हुनका साथै स्थानीय बासिन्दाको आयआर्जनमा परिवर्तन हुने देखिन्छ । यस्तै खालका जनताको आम्दानी हुने कुरामा ध्यान दिन जनप्रतिनिधीले आवश्यक छ ।

 

 

Show More

Related Articles

Back to top button