तनहुँमा प्रहरी दिवस मनाईयो अमर प्रहरी, जग्गादाता र उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान

दमौली खबर संवाददाता

दमौली, कार्तिक १

गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा भन्ने मुल नाराका साथ ६८ औं प्रहरी दिवस तनहुँमा मनाईएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यतामा मनाईएको हो ।

सो अवसरमा प्रजिअ रिजालले प्रहरीको बृद्धि बिकासमा ध्यान दिनु पर्ने बताउनुभयो । सिमित स्रोत र साधनको बाबजुद नेपाल प्रहरी कार्य दक्षतामा अब्बल रहेको बताउनुभयो । सेवाग्राहीहरुसँग मैत्रीपुर्ण व्यवहार हुनुपर्ने र कार्य सम्पादनमा निष्पक्षता हुनपर्ने रिजालको जोड थियो । प्रहरीले सिमित श्रोत साधनका बाबजुद उच्च मनोबलका साथ कार्यसम्पादन गरेको भन्दै प्रअिज रिजालले प्रशंसा गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो । अमर प्रहरी परिवार, पुर्व प्रहरी संघका पदाधिकारीहरु, पत्रकारहरु, अन्य सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, बिभिन्न संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधीहरु, बिभिन्न राजनैतिक पार्टिका प्रमुख तथा प्रतिनिधीहरु, र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु र कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितिमा दिवस मनाईएको थियो । उक्त कार्यक्रममा कार्यालयका प्र.ना.उ. मोहन बहादुर खाँणबाट स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममा अमर प्रहरी परिवारहरु, जग्गादाता, पुर्व जेष्ठ प्रहरी कर्मचारी समेतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । प्रहरी निरीक्षक चन्द्र प्रसाद भण्डारीले कार्यक्रमको सहजी करण गर्नुभएको थियो । उक्त कार्यक्रममा “समुदायमा नेपाल प्रहरीको भुमिका“ शिर्षकमा निबन्ध प्रतियोगिता, अन्तर कार्यालय व्याडमिन्टन तथा टेबुल टेनिस जस्ता प्रतियोगिताहरुमा प्रथम, दित्तिय र तृत्तिय स्थान हासिल गर्ने प्रतियोगीहरुलाई पुरस्कार बितरण गरिएको थियो । उत्कृष्ट प्रहरी कर्मचारीहरु र समाजसेवीलाई सम्मान पत्र प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रममा व्यास नगरपालिका वडा नं. २ को वडा कार्यालयबाट यस जिल्ला प्रहरी कार्यालय तनहुँलाई १० वटा साईकल प्रदान गरिएको थियो । वडाध्यक्ष काशीराम श्रेष्ठले प्रहरीलाई हस्तान्तरण गर्नु भएको थियो ।

 

Show More

Related Articles

Check Also
Close
Back to top button