सत्यवती मविको शिक्षक प्रतिनिधीमा आचार्य चयन

दमौली खबर संवाददाता

दमौली, फागुन २

दमौली स्थित सत्यवती माविको व्यवस्थापन समितिको सदस्यमा शिक्षक प्रतिनिधीबाट कमल आचार्य चयन हुनु भएको छ ।

आचार्य सर्वसम्मत चयन हुनु भएको हो । आचार्यलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, व्यास नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुरेश वाग्ले, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल लगायतले मंगलबार स्वागत गर्नु भएको थियो ।

सो अवसरमा आचार्य विद्यालयको शैक्षिक विकासको लागि आफ्नो तर्फ तर्फबाट अधिकतम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button