साँजामा गरिएको दन्त शिविरबाट ४० जना लाभान्वित

दमौली खबर संवाददाता

दमौली, असोज २९

व्यास नगरपालिका–६ साँजा स्थित रत्नज्योति आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरिएको छ ।

व्यास नगरपालिका–४ भोर्लेटारचोक, दमौली स्थित ढोरवाराही डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा शनिबार शिविर गरिएको हो । साँजा टोल विकास सस्था र साँजा टोल विकास सस्थाको आयोजनामा गरिएको शिविरमा ४० जना लाभान्वित भएका छन् ।

ढोरवाराही डेन्टल केयर सेन्टरका सञ्चालक तथा दन्त स्वास्थ्यकर्मी भरत पोख्रेलको नेतृत्वमा, रत्नहरी अस्पतालमा कार्यरत स्टाभ नर्स दिया श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको टोलीले दाँत सफा गर्ने, सिमेन्ट भर्ने, खराब दाँत फुकाल्ने सुविधा प्रदान गर्नुका साथै विरामीको सुगर परिक्षण समेत गरिएको थियो ।

कार्यक्रममा दाँतलाई रोग लाग्नबाट बचाउने उपायको बारेमा सचेतना समेत प्रदान गरिएको थियो । शिविरको नेपाल प्रेस युनियन तनहुँका निर्बतमान अध्यक्ष अमरराज नहर्कीले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा नहर्कीले अधिकांश व्यवसायीको बढी नाफा कमाउने उद्धेश्य हुने गरेकोमा ढोरबाराही डेन्टल केयर सेन्टरका सञ्चालक भरत पोख्रेलले सामाजिक भावना लिई गाउँ गाउँमा शिविर सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्नु भएको थियो ।

Show More

Related Articles

Check Also
Close
Back to top button