दुर्घटनमा ट्याक्टर चालक दरैको मृत्यु

दमौली एफ.एम संवाददाता
दमौली, कात्तिक २३ । व्यास नगरपालिका–१ खकौलीमा आफ्नै बारीमा ट्याक्टरले बारी जोत्ने क्रममा ३० वर्षिय कमल दरैको बुधबार बिहान मृत्यु भएको छ ।
     बारी जोतेर फर्काउने क्रममा बारीको डिलबाट खस्दा ट्याक्टरले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  ९ बजे ट्याक्टर लडेर चालक दरैलाई च्यापेपछि जिल्ला अस्पताल दमौलीमा उपचारको लागि लगिएकोमा त्यहाँका चिकित्सकले ९ः५५ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनुभयो ।
 मृतक दरै खकौली टोल विकास सस्थाका सस्थापक अध्यक्ष तथा नेपाली काँग्रेस टोलका पाटी सभापति हुनुहुन्थ्यो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button