सम्पादक नहर्की प्राज्ञिक विद्यार्थी परिषदबाट सम्मानित

दमौली खबर संवाददाता ।
दमौली, भदौ १५ ।
 प्राज्ञिक विद्यार्थी परिषद नेपालले नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष तथा दमौली एफ.एमका स्टेशन म्यानेजर तथा दमौली खबर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक अमरराज नहर्कीलाई सम्मान गरेको छ ।
पत्रकारिताको माध्ययमबाट परिषदले गरेका सामाजिक कार्यको  गतिविधीलाई प्रचार प्रसार गरी सामाजिक रुपमान्तरमा योगदान दिए वापत पत्रकार नहर्कीलाई सम्मान गरिएको परिषदले जनाएको । व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यामिक विद्यालयमा परिषदले तनहुँको दमौलीमा सञ्चालन गरेको तीन दिने बालसस्कार कार्यक्रमको समापनको अवसरमा नहर्कीलाई सम्मान गरिएको थियो ।
निमिक्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरे, परिषदका केन्द्रीय उपाध्यक्ष पुष्पराज खतिवाडा, परिषदका संगठन विभागका सह सचिव रमेश कँडेल सयुक्त रुपमा दोसल्ला ओडाई सम्मान गर्नु भएको थियो ।
 पत्रकार नहर्कीले थुप्रै मान सम्मान पाईसक्नु भएको छ । उहाँले नेपाल पत्रकार महासंघ, शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखनवृत्ति पुस्कार लगायत दजर्नौ पुरस्कार तथा मान सम्मान पाई सक्नुभएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button