बलसिंह मृत्यु प्रकरण निष्पक्ष छानवि गर्न आफन्तको माग

प्रहरीको नियन्त्रणबाट निस्किएको हप्ता दिनमा मृत फेला परेका घिरिङ गाउँपालिका–४ सिप्लुङका ३० वर्षीय बलसिंह रानाका आफन्तले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । आईतबार जिल्ला प्रहरी कार्यलयमा भएको छलफलमा मृतक बलसिंहका आफन्तले प्रहरीको कमजोरीका कारण मृत्यु भएको भन्दै निष्पक्ष छानविन गर्नुपर्ने माग राखे । घटनाको दोषीमाथी कारवाही गरिनुपर्ने र परिवारले उचित क्षतिपुर्ती पाउनुपर्ने उनीहरुको माग छ ।

मृतकको दिदि यममाया थापाले घटनाको निष्पक्ष छानविन हुनुपर्ने आफूहरुको माग रहेको बताईन् । प्रहरी प्रमुख पौडेलले पिडित पक्षको जाहेरी दर्ता गरि घटनाको अनुसन्धान प्रकृया अगाडी बढाएको बताए । मृतकको पोष्र्टमाट गरी छानविन अगाडी बढाउने उनको भनाई छ ।

व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने, नेपाली काँगे्रसको भातृ संस्था टे«ड युनियन तनहँुका अध्यक्ष सुर्यचन्द्र हड्खले लगायत कांग्रेसका नेता सहित आफन्तले प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेललाई भेटेर उक्त माग राखेका हुन् ।

नगरप्रमुख न्यौपानेले भने, ‘हराएको मान्छे खोज्न प्रहरी कार्यालय आउछन् ।तर, प्रहरीको हिरासतबाट निस्केपछि हराएको मान्छे मृत भेटिएको छ । अब के गर्ने ?’ उनले पिडित पक्षलाई प्रहरीले न्याय दिन आवश्यक बताए ।

मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरीले उनलाई मंसिर २० गते नियन्त्रणमा लिएको थियो । भोलिपल्ट उनी प्रशासनको आदेशमा रिहा भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार प्रहरीका कार्यलयमा रहेको सामान लिन आएका उनी पिसाब फेर्न भनी निस्किएका थिए । त्यसपछि बेपत्ता बलसिंहको शव शनिबार विहान सेतीमादी नदीको बीचमा फेला प¥यो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button