ज्येष्ठ नागरिकलाई पाँच महिनापछि दोस्रो डोज !

सविन लामिछाने
भदौ १, दमौली । व्यास ३ का ७५ वर्षका रिदय श्रेष्ठले गत फागुनको अन्तिममा कोभिशिल्डको पहिलो डोज खोप लगाएका थिए । पहिलो डोज लगाएको महिना दिनपछि लगाउनुपर्ने खोप कोभिशिल्डको अनिश्चताका कारण उनले पाएनन् । करिब पाँच महिनापछि भने शुक्रबार उनले दोस्रो डोजको खोप लगाए । ‘ढिलै भए पनि दोस्रो खोप लगाएपछि खोपको मात्रा पूरा भएको छ’, उनले भने, ‘खोप पाएपछि ढुक्क भएको छु ।’ दुई मात्रामा पूरा हुने कोभिड विरुद्धको खोप पहिलो र दोस्रो डोजमा लगाउन भनिएको छ ।

पहिलो खोप लगाएको ३० दिनको अन्तरालमा दोस्रो डोज लगाउनुपर्ने हो तर कोभिशिल्डको खोपको अनिश्चिताका कारण गत फागुन महिनामा पहिलो डोज लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुले दोस्रो डोजको खोप लगाउन पाएका थिएनन् । कोभिशिल्डको खोप उपलब्ध नहुने भएपछि सरकारले दोस्रो डोजको रुपमा एष्ट्राजेनेका खोप लगाउन भनेको छ । पहिलो डोज लगाएको पाँच महिनापछि ज्येष्ठ नागरिकहरुले डोस्रो डोजको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँका कोभिशिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी १८ हजार बढी ज्येष्ठ नागरिक थिए ।

सरकारले कोभिशिल्डको अनिश्चितता देखेपछि दोस्रो डोजको रुपमा ज्येष्ठ नागरिकहरुलाई एष्ट्रोजेनेका खोप लगाउन शुरु गरिएको छ । तनहुँमा पनि कोभिशिल्डको दोस्रो डोजको मात्रा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई साउन २८ र २९ गते गरी एष्ट्रोजेनेका खोप लगाईएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंखरबाबु अधिकारीले बताए । उनका अनुसार केही स्थानिय तहमा दोस्रो डोज छुटेकालाई पनि लगाउन थालिएको छ ।

पहिलो खोप लगाएको करिब पाँच महिनापछि ज्येष्ठ नागरिकहरुलाई दोस्रो डोजको खोप लगाइएको हो । ‘मुलुकभर नै कोभिशिल्डको खोप उपलब्ध नभएपछि ज्येष्ठ नागरिकहरुलाई दोस्रो डोजको खोप तत्काल लगाउन सकिएन’, उनले भने, ‘कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो डोज स्वरुप जापानले उपलब्ध गराएको खोप दिन लागिएको हो ।’अधिकारीका अनुसार जिल्लामा कोभिशिल्डको दोस्रो डोज लगाउन बाँकी झण्डै १८ हजार जना ज्येष्ठ नागरिक मध्ये अहिले सम्म १३ हजार ५ सय जनाले खोप लगाएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button