तनहुँमा पाँच जनाको उम्मेदवारी फिर्ता

दमौली खबर संवाददाता
तनहुँ, असोज २६ ।  तनहुँमा  पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक जना प्रतिनिधि सभा र चार जना प्रदेश सभा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्याललय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
 प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका उम्मेदवार एक जना र बाँकी प्रदेश सभा सदस्यका उम्मेदवारले फिर्ता लिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिनिधी सभा तर्फ तनहुँ क्षेत्र नम्बर १ बाट बिश्व बास्तालाले  मात्रै फिर्ता लिनु भएको छ । ढकालका अनुसार क्षेत्र नं.१ को प्रदेश सभा ‘क’ प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार नगेन्द्र पौडेल, क्षेत्र नं.२ मा नेपाली काङ्ग्रेस (विपी)का डा.शेषरमण वाग्ले, स्वतन्त्रबाट प्रेम कुमार परियार र जनता समाजवादी पार्टीबाट पूर्ण बहादुर गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् । तनहुँ–१ मा १६ जनामध्ये एक जनाले उम्मेदवारी दर्ता गराएका थिए भने तनहुँ–२ मा १० जनाले उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्र नं.१ प्रदेश सभातर्फ १९ जना र क्षेत्र नं.२ प्रदेश सभातर्फ १७ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button