कोरोनाको जोखिम बढेपछि ट्रि हाउस बन्द

दमौली खबर संवाददाता
भदौ १, दमौली ।
पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली पार्क र ट्रि हाउस बन्द गरिएको छ । कोरोना जोखिम बढेपछि केही समयका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना फैलिने जोखिमलाई मध्यनजर गर्दै हाललाई बन्द गर्न निर्देशन दिएकाले अर्को सूचना जारी नभएसम्मका लागि ट्रि हाउस बन्द गर्ने निर्णय भएको सामुदायिक वनका अध्यक्ष इश्वर रानाभाटले जानकारी दिए ।

उक्त ट्रि हाउसमा सामान्य दिनमा दैनिक एक सय बिदाको दिनमा चार पाँच सय आन्तरिक पर्यटक पुग्ने गरेका थिए । डिभिजन वन कार्यालयको रु १२ लाख ५० हजारको लागतमा उद्यान सहितको ‘ट्रि हाउस’ निर्माण गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button