मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे गाउँपालिका अगाडि

म्याग्दे गाउँपालीका वडा नं ४ छिम्लिश्वारा छाङ मा कालिका मोइ आमा समुहको भवन शिलान्यास गरिएको छ । भवन शिलान्यास गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्री नरदेवि पुनले गरिन् । कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बाट स्थानीय तहले माग गरेअनुसार तालिम दिने गरेता पनि तालिमलाई व्यवहारमा नउतारेको बताईन् ।

उनले भनिन्,‘ प्रदेश सरकारले महिलाको लागि विभन्न तालिम प्रदान गदै आएको छ । तर महिलाले तालिम लिएपछि व्यवहारमा उतारन सकेका छैनन् । ’ मन्त्री पुनले मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे गाउँपालिका एक कदम अगाडि भएकोमा खुसि ब्यक्त गरिन् । उनले अघि थपिन्,‘अन्य मन्त्रालयको तुलनामा सामाजिक बिकास मन्त्रालयमा बजेट कम भएकोले पनि स्थानीय तहले माग गरेअनुसार उपलब्ध गराउन सकिएन।’ नागरिकहरूलाइ मृगौला फेल सम्बन्धि सचेतना दिने , स्कुलहरूमा बिद्यार्थीहरू लाई बालविवाह अन्त्य सम्बन्धि सचेतना दिने , लैंगिक हिंसा अन्त्य गर्ने जस्ता बिषयहरूमा प्रदेश सरकार लागिपरेको उनले बताईन्् ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले देश बनाउने ठाउँमा अहिले महिला भएको बताइन् । उनले भनिन्, ‘अहिले म्याग्दे गाउँपालीका तिव्र रूपले बिकासको काममा लागेका छन् । ’ बालमृत्युदर र कुपोषण घटाउन गाउँपालिका लागिपरेको उनले बताईन् । उनका अनुसार गाँउपालिका सुत्केरी भत्ता समेत दिने गरिएको छ ।

गाउँपालीकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले भुकम्पले भत्काएको खानेपानीका मुहान , बाटोघाटो , पुल लगायतका भौतिक क्षति लाई पुनर्निर्माण गर्न गाउँपालीकाको मात्रै बजेटले नपुग्ने हुँदा संघीय सरकार तथा प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरूवाल , वडाअध्यक्ष प्रेमबहादुर आले , पार्वती राना लगायतले भवन समयमा नै निर्माण हुनुपर्ने बताएका थिए ।

पुनम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत कमला थापाले र सञ्चालन कुमारी रानाले गरेकी थिइन् । ११ लाखको लागतमा बन्ने आमा समुहको भवन २०७८ साल असार १५ गते सम्ममा सक्ने लक्ष्य राखिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button