चितुवा सँग भिड्ने मदन

दमौली खबर संवाददाता
दमौली, वैशाख ०९। जिल्लाको व्यास नगरपालिका वडा नं ६ शिशाघाटका दुई कुमाल दाजुभाई मिलेर चितुवालाई नियन्त्रणमा लिएका छन् । ५२ वर्षीय मदन र उनका भाई ४० वर्षीय भेषबहादुर कुमाल मिलेर चिुतवालाई जिवितै नियन्त्रणमा लिएका हुन् । स्थानिय महिलाको घर नजिक रहेको गोठमा आएर भैसीलाई आक्रमण गर्न लागेपछि महिलाले गुहार मागेकी थिईन् । भैंसीलाई आक्रमण गर्न नसकेपछि चिुतवाले महिलालाई आक्रमण गर्न लागेको थियो । त्यसपछि गोठालो जाँदै गरेका मदनले महिलाले गुहार मागेको सुनेपछि महिलालाई बचाउन पुगेका कुमाल माथि नै चितुवा जाईलाग्यो । त्यसपछि कुमाल एक्लै भिडेर चितुवाको चितुवाको खुट्टा समात्न पुगे, त्यस लगत्तै टाउको पनि ।

झण्डै तीन मिनेट जति चितुवासँग भिड्दै गर्दा हल्लाखल्ला भएपछि दमौली जान लागेका उनका भाइ भेषबहादुर पनि घटनास्थल पुगे । कुमालले भाइसँग मिलेर चितुवालाई नियन्त्रणमा लिए ।‘दाईले चितुवालाई समातेको देखिपछिद मैले चितुवाको मुखमा सानो काठको टुक्रा कोचिदिए। ’कुमालका भाई भेषबहादुरले भने,‘चितुवा बुढो अनि बिरामी रै छ । त्यही भएर सजिलै सँग चितुवा नियन्त्रणमा लिन सकियो । ’ बस्ती भन्दा माथि रहेको जंगलमा केही दिन अघि डढेलो लागेको कारण चितुवा बस्तीमा आएको उनले बताए । उनले भने,‘केही साता अघि गाँउ भन्दा माथि जंगलमा डढेलो लागेको थियो । त्यसपछि केही जंगली जनवार बस्तीमा देखापरेका छन् । ’

स्थानियले उक्त चिुतवा प्रहरीलाई जिम्मा लगाएका छन् । मानवलाई आक्रमण गर्ने चितुवा घाइते भएको र उपचारको दमौली ल्याएको डिभिजन वन कार्यालय तनहँुका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । झण्डै दुई देखि तनहुँमा चितुवाको आतङ्क रहेको छ । जङ्गलमा आहारा नभएपछि चितुवा मानववस्ती छेउ आउने गरेको विज्ञहरु बताउन्छन् । पासो थापेर मात्रै झण्डै एक दर्जन चितुवा नियन्त्रणमा लिएको बताईएको भने दुई वर्षको अवधिमा तनहुँमा १० जना बालबालिकाका चितुवाको आक्रमणबाट ज्यान गएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button