पिङ्गबाट लडेर युवक घाईते

दमौली खबर संवाददाता

तनहुँ, माघ ७ ।

तनहुँको सदरमुकाम दमौलीमा पिङ्गबाट शुक्रबार बिहान ११ः३० बजे लडेर एक युवक घाईते हुनु भएको छ ।

बुटबल महानगरपालिका–२ का वर्ष २१ का दिनेश रसाईली घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार पाँचौ आदिवासी जनजाति तनहुँ सास्कृतिक तथा पर्यटन महोत्सवको लागि बनाईएको पिङ्ग फुकाल्ने क्रममा लडेर घाईते हुनु भएको हो ।

रसाईली लडेर घाईते भएपछि उद्धार गरी उपचारको लागि दमौली अस्पतालमा लगिएको छ । घाईतेको टाउको चोट लागेको दमौली अस्पतालको चिकित्सले जानकारी दिएका छन् । पिङ निकाल्ने क्रममा हेलमेल तथा सेफ्टी बेल्ट नलगाएकोले रसाईली घाईते प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button