घाँसीको कुवाको संरक्षण गरौं

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यलाई प्रेरणादिने घाँसीले निर्माण गरेको घाँसीकुवा यतिबेला संरक्षणको पर्खाइमा छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भईरहेकोले घाँसीकुवामा रहेको कुवा र पार्कमा सडक पुग्ने भएकाले प्रेरणास्थल घाँसीकुवाको अतित्व जोखिममा परेको छ भानुभक्त मामा घर मानहुँ पुगेर पैदल बाटो फकिर्ने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रेरणा पाई भानुले कविता रचना गर्नु भएको थियो । घाँसीलाई घाँस काटेरै कुवा बनाउने प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गर्नु भएको थियो । राजमार्ग विस्तार कार्य रोकिनु हुँदैन तर घाँसीकुवाको इतिहासलाई जोगाउँदै त्यस वरपर कुवा बनाएर संरक्षण गरिनु पर्दछ । त्यसको लागि स्थानीय, प्रदेश तथा संघमा निर्वाचन जनप्रतिनिधीहरु तथा जिल्लास्तरका राजनीतिक पार्टीका नेताहरुले संरक्षणको लागि कदम चाल्नु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button