योग भवन बनाउन पहल गर्छुः सांसद श्रेष्ठ

दमौली खबर संवाददाता

दमौली, माघ १ । नेपाली कांग्रेस नेता तथा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले तनहुँमा योग गर्ने भवन बनाउन पहल गर्ने बताउनु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौली, तनहुँले सदरमुकामा दमौली आयोजना गरेको आठौं योग कार्यक्रमलाई उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।

जिल्लामा योग गर्नका लागि भवन आवश्यक भएकाले आफूले पहल गर्ने उहाँको भनाई थियो । राधा माधव समितिको भवनको निर्माण पुरा भएको १०८ फिट अग्लो व्यासको मूर्ति कार्य अघि बढाए जस्तै गरी योग भवन बनाउन पहल कदमी गर्ने सांसद श्रेष्ठको भनाई थियो । आफ्नो शारिरिक र मानसिक दुवै स्वास्थ्यलाई ठीक वा तन्दुरुस्त राख्नका लागि योगाको महत्वपूर्ण भूमिका हुने बताउँदै श्रेष्ठले जिल्लामा योग गर्ने भवन अपरिहार्य जस्तै रहेको बताउनुभयो । उहाँले भवन निर्माण गर्न सकेमा योगका साथै प्रवचनको लागि प्रयोग गर्न सकिने धारण राख्नुभयो । दमौलीमा माघ ७ गते सम्म योग शिविर सञ्चालन भएको छ । शिविरमा जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा. रामप्रवोध मण्डल, पतञ्जली योग समिति तनहुँका अध्यक्ष मानबहादुर आले लगायतले प्रशिक्षण दिनु हुने भएको छ ।

कार्यक्रममा सहभागी हुनुभएका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले, समाजमा शान्ति कायम गर्न, मानिस स्वास्थ्य बन्न योगले मद्धत दिने हुँदा योग शिक्षालाई व्यापकता दिनुपर्ने बताउनुभयो । कार्यक्रमा मानिसको सम्पत्ति भएकाले योग गर्नु सबैका लागि अपरिहार्य भएको बताउनुभयो । कार्यक्रमहरुमध्ये शुक्लागण्डकीम योग दिवसमा वडा नं ८ मा नयाँ योग साधना केन्द्रको उद्घाटन र प्रभातफेरी (लालिम इलाका)सहित वडा नंबर ८ कै पुरानो योग साधना केन्द्रमा शुभकामना आदान प्रदान सहित मनाइएको थियो ।

पछिल्लो समय अप्राकृतिक खानपान, व्यस्त जीवनशैली, असन्तुलित दैनिक क्रियाकलाप आदि कारणबाट मानिसमा दिन प्रतिदिन शारीरिक समस्या र मानसिक तनाव पर्न थालेका कार्यक्रममा सहभागीले औंल्याएका थिए । स्वस्थ शरीर र सुन्दर मनका लागि योग महत्वपूर्ण भएकाले योगा आवश्यक भएकोमा जोड दिइएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button