पाँच किलोमिटर दौडको उपाधि गुरुङ र ऐरीलाई

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीले आयोजना गरेको पाँच किलोमिटर दौडको उपाधि शुक्लागण्डकीका सुगम गुरुङ र कालीकोटकी विशेषता ऐरीले हात पारेका छन् । पुरुषतर्फ गुरुङले १९ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै उपाधि जित्नुभएको हो । महिलातर्फ ऐरीले २३ मिनेट ३० सेकेण्डमा दुरी पार गर्नुभयो । दुवैले जनही नगद रु १५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरुषतर्फ मोरङका राम थापा १९ मिनेट ४१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भएका छन् । बागलुङका सुनिल केसी २० मिनेट ६ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए । दोस्रो र तेस्रोले क्रमश दश हजार, रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

महिलातर्फ २४ मिनेट ४२ सेकेण्डमा दूरी पार गदै गुल्मीकी निर्मला थापा दोस्रो हुँदा दुई सेकेण्डले पछाडी पर्नुभएकी थर्पुकी वर्षा श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् । उनिहरुलाई क्रमश ः रु दश हजार र रु पाँच हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा चार सय भन्दा बढी धावकको सहभागिता थियो । विजयी धावकलाई शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, श्री नम्बर ३ बाहिनीका बाहिनीपति सहायकरथी कुमारबाबु थापाले पुरस्कार वितरण गरे ।

बाहिनीपति थापाले दिवसको अवसरमा नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रम गरिएको बताए । सेना दिवसको अवसरमा श्री नम्बर ३ बाहिनीले खैरेनीटारका व्यवसायीसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको थियो । यस्तै सेनाले यहाँका प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर, प्रकृतिदेवी मनकामना मन्दिरमा सरसफाइसमेत गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button