एमालेको गण्डकी प्रदेशको अधिवेशनमा तनहुँका २३ जना चुनावी मैदानमा

दमौली खबर संवाददाता

दमौली, असोज १९

नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशनमा तनहुँका २३ जनाले उम्मेदवारी दिनु भएको छ । अध्यक्षको दुबै प्यानलबाट पदाधिकारीमा अवसर नपाए पनि तनहुँका २३ जना प्रतिनिधिहरुले सदस्य तर्फको विभिन्न क्लष्टरमा उम्मेदवारी दिएका हुन् । तनहुँले पाएको कुनै पनि क्लष्टरमा सर्वसम्मत भएको छैन । जिल्लाको भुगोलको खुल्ला तर्फ तनहुँले दुई सदस्य पाएकामा उक्त क्लष्टरमा चार जनाले उम्मेदवारी परेको छ । बन्दीपुरका इन्द्रबहादुर कुँवर, भिमादका मेखबहादुर थापा, भानुका रामबहादुर गुरुङ र शुक्लागण्डकीका रामचन्द्र उपाध्यायले जिल्ला भुगोलको खुल्ला तर्फ उम्मेदवारी दिनु भएको हो ।

जिल्लाभरबाट महिला क्लष्टरमा तीन जनाका लागि चार जनाले उम्मेदबारी दिएका छन् । महिला तर्फ कृष्णकुमारी श्रेष्ठ, देवु विष्ट, विष्णुमाया ढकाल र रत्नादेवी घिमिरेले उम्मेदवारी दिनु भएको छ । यस्तै तनहुँले पाएको दलित १ सदस्यका लागि व्यास नगरपालिका मोहन सुनार र भिमादका बाबुराम सुनारले उम्मेदवारी दिनु भएको छ । यसैगरि संघीय निर्वाचन क्षेत्रमा एक÷एक जना सदस्य पाएकामा दुबै क्षेत्रमा दुई÷दुई जनाको उम्मेदबारी परेको छ । क्षेत्र नम्बर १ मा व्यासका अम्मरबहादुर भण्डारी र भानुका प्रेम राना तथा क्षेत्र नम्बर २ मा शुक्लागण्डकीका कमल ढकाल र भिमादका धर्म खनालले उम्मेदवारी दिनु भएको छ । यस्तै प्रदेश खुल्ला तर्फ तनहुँका खिमबहादुर महत, नारयण खनाल, श्यामराजा महत र सीताराम बजगाईले उम्मेद्वारी दिनु भएको छ । महिला खुल्ला तर्फ फूलमाया वाग्लेले उम्मेदवारी परेको छ । तनहुँमा उम्मेदवार परेका मध्ये अधिकांशले बाजी मार्ने सम्भावना छ ।

Show More

Related Articles

Back to top button