स्वास्थ्य सर्तकता अपनाऔं

दमौली खबर संवाददाता

नेपालीले विर्सिन लागेको कोरोना भाईरस फेरी झस्काउन थालेको छ । पछिल्लो २४ घण्टामा देशभर ८० जनामा नयाँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकोले यसले सर्तक बन्नु पर्ने देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको परीक्षणमा ८० जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएमा तत्काल आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कोरोना भाइरसको लक्षण देखिने बित्तिकै परीक्षण गराई सङ्क्रमण पुष्टि भएमा आइसोलेसनमा बस्न आग्रह गरेको हो । सरकारको यो आग्रहलाई वेवास्ता गर्नुहुदैन । वेवास्ता गरियो भने महामारीको रुपमा फैलिन सक्छ । पानीमा भिजेको, चिसो खाएको र धुलोमा गएको भनेर बहाना नबनाउन आग्रह गर्दै मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गरी पुष्टि भएमा आइसोलेसनमा बस्न आग्रह गरेको छ । यो सबैले पालना गर्नुपर्दछ । मास्क लगाउने , भौतिक दुरी कायम राख्ने, बारम्बार हात साबुनपानी वा सेनिटाईजरले सफा गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने जस्ता कार्य गर्नुपर्दछ । कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं । यसको लागि सबैले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button