चोरीमा सङ्लग्न तीन व्यक्ति मोवाइल सहित प्रहरी नियन्त्रणमा

दमौली खबर संवाददाता

दमौली १५, बैशाख

मोवाइल तथा नगद समेत चोरीमा संलग्न तीन व्यक्तिलाई तनहुँ प्रहरीले बिहिबार पक्राउ गरेको छ । व्यास नगरपालिका ५ सागे बस्ने २२ वर्षीय सुनिल थापा, व्यास नगरपालिका ४ बागबजार बस्ने २२ वर्षीय ताइरे भन्ने सौरभ दरै र म्याग्दे गाउँपालिका १ गुणादी बस्ने १९ वर्षीय शैलेश परियारलाई पक्राउ गरिरएको प्रहरीले जनाएको छ । थापालाई व्यास नगरपालिका २ को भोर्लेटारचोक र दरै र परियारलाई व्यास नगरपालिका ३ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो । । व्यास नगरपालिका ४ स्थित शैलेन्द्र पण्डितको कोठाबाट थापाले रेडमि नोट ११ मोवाइल सेट र दरै र परियारले व्यास नगरपालिका २ बस्ने लक्ष्मी श्रेष्ठको कोठाबाट वान प्लस नर्ड १० एमजी र सामसुङ ग्यालेक्सी ए २३ मोवाइल सेट चोरी गरी फरार भएपछि प्रहरीले उनीहरुको खोजी तिब्र बनाएको थियो । चोरी भएका मोवाइल सहित ति व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका तिनै जना मध्ये थापालाई ७ दिन र दरै र परियारलाई ८ दिनको तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ खाँडले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button