डिपी अधिकारी

दमौली खबर संवाददाता

डुम्रे २५ पुस । भानु नगरपालिकाले प्रत्येक महिना गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्ने भएको छ ।गर्भवती महिला र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउनका लागि भिडियो एक्सरे सेवा प्रदान गरिने भएको हो । भिडियो एक्सरे गर्दा गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने , यदि उनीहरूको अवस्थामा समस्या रहेमा नगरपालिका कै स्वस्थ्य संस्थामा रिफर गर्ने र जोखिम भए अन्यत्र रिफर गरिने स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनु भयो ।

यसै क्रममा भानु नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आधारभुत स्वास्थ्य सेवा केन्द्र भानु नगरपालिका वडा नं. १ सालबिस्नेमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमको सुरुवात भएको छ। कार्यक्रममा वडाध्यक्ष आदरणिय कान्छीमाया तामाङले अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेर कार्यक्रमको ओैपचारिक सुरुवात गर्नुभएको हो । कार्यक्रममा भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले गर्भवती हरुलाई सरल र सहज तरिका बाट अल्ट्रासाउण्ड सेवा पुर्याउनको लागि निशुल्क रुपमा ग्रामिण अल्ट्रासाउण्डको सुरुवात भएको र हरेक महिना संञ्चालन हुने जानकारि गराउनु भएको थियो । मंगलबार २३ जना गर्भवती महिलाहरुले उक्त सेवा लिएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button