गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिनु उपयुक्त

तनहुँको ऋषिङ गाउँपालिको गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेर नौलो काम गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरे अनुरुप सो व्यवस्था गरेर पृथक काम गरेकोले चर्चा पनि बटुलेको छ । शिसु र आमा दुवैको स्वास्थ्य सुरक्षा प्रदान गर्न यस्ता कार्यले योगदान दिन्छ । गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताईएको छ जुन जायज पनि छ । यसका साथै गर्भवतीलाई सुत्केरी हुने समयमा अस्पतालसम्म पुर्याउन र घरसम्म ल्याउन आवश्यक परेमा गाउँपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय समेत गरेको छ । यि दुवै कार्यले आमा र बच्चा दुवैको स्वास्थ्य सुरक्षा कायम गर्न टेवा पुग्ने देखिन्छ । यसले सकरात्मक सन्देश दिने काम पनि गर्दछ । महत्व छ र पो त पालिकाले यस्तो कार्यक्रम ल्याएको हो भन्ने सन्देश फैलाउन सहयोग पुग्दछ । अन्य पालिकाले पनि नौलो यस्तै काम गर्ने कि ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button