जोशी सहित निर्वाचित उम्मेदवार पदभार ग्रहण गर्न योग्य हुने कानुनका विज्ञको भनाई

दमौली खबर संवाददाता
दमौली, असोज ३१ । सर्वोच्च अदालतबाट निर्वाचनमा उम्मेदवार बन्न पाउने आदेश भएका उम्मेदवारले पदभार ग्रहण गर्न पाउने कानुनका विज्ञको भनाई रहेको छ । चुनाव जिते पनि पदभार ग्रहणको लागि योग्य भएपनि हुँदैन भनेर अफवाह फैलाउनेलाई नै कारबाही हुने कानुनका ज्ञाताहरु बताउँछन् । अधिवक्ता गोविन्द पन्थले गोविन्दराज जोशी पदभार गर्न कानुनले रोक्न नमिल्ने बताउनुभयो । जोशी उम्मेदवार बन्न योग्य भएकोले व्यक्ति जिते पछि सपथ ग्रहण गर्न पाउने बताउनुभयो । दुलहीलाई सिन्दुर हालिसकेपछि घर भित्राउने हो भने जस्तै त्यसैगरी विजयी भएपछि पदभार ग्रहण गराउनु भएको अधिवक्ता पन्थको तर्क छ । वरिष्ठ अधिवक्ता परशुराम गिरीले निर्वाचनमा विजयी उम्मेदवारले पदभार ग्रहण गर्न पाउँदैन भन्ने अफवाह निर्वाचन आचार संहिता विरोधी कार्य भएको बताउनुभयो ।
प्रश्न –प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार गोविन्दराज जोशी, विजयकुमार गच्छेदार लगायत नौ जनाको उ्रम्मेदवारी खारेज गरी पाउँ भनि सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन खारेज भएको सन्र्दमा गरिएको जिज्ञासमा वरिष्ठ गिरीले अन्य ८ जना उम्मेदवारको बारेमा मलाई केही थाहा नभएको बताउनुभयो । तर म तनहुँवासी भएको हुँदा गोविन्दराज जोशीको बारेमा सुक्ष्म थाहा भएको उहाँको भनाई छ । उहाँको बारेमा भन्नुपर्दा जोशी उपर परेको भ्रष्ट्राचार मुद्धा विशेष अदालतबाट भएको सुरु फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भई विशेष अदालतको फैसला उल्टिने सम्भावना रही साविक मुलुकी ऐन अदालती बन्दोबस्तको २०२ नम्बर बमोजिम झगडीया ( प्रत्यार्थी) झिकाउने आदेश भई सर्वोच्च अदालतमा विचाराधिन हुँदा यस्तो अवस्थामा प्रतिनिधी सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३(घ), सम्मानित सर्वोच्च अदालतबाट कायम भएको नजिर निर्णय नम्बर ८८९४ अनुसार विशेष अदालतबाट भएको फैसला अन्तिम फैसला नभएको, पूर्पक्षको लागि थुनामा बस्न नपर्ने र नबसेको, सर्वोच्च अदालतमा विचाराधिन रहेको फैसला हुँदा मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा १५३ बमोजिम यस्तो अवस्थाको फैसला कार्यान्वयन नहुने हुँदा दर्ता नै हुन नपर्ने निवेदन भएकोले दुई पक्षियबीच सुनुवाई नै नभई एकल इजलासबाट प्रथम दृष्टि(प्राईमा फेसी) मा नै सो रिट निवेदन खारेज भएको उहाँको तर्क छ ।
गोविन्दराज जोशीको उम्मेदवारी कायम भई चुनाव जिते पनि पदभार ग्रहण गर्न पाउँदैन भन्ने बजार हल्ला छ नि भन्ने जिज्ञासा वरिष्ठ अधिवक्ता गिरीले यदी कसैले त्यस्तो हल्ला मच्चाएका छन् भने चुनावमा प्रभाव पार्नको लागि भ्रमपूर्ण हल्ला मच्चाएको बताउनुभयो   । सर्वोच्च अदालतको आदेशले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरी कार्य गरिरहनु भएको छ भने सोही अदालतको आदेशले गोविन्दराज जोशी उम्मेदवार हुन योग्य निर्णय भईसकेपछि जित्न योग्य, जितिसकेपछि सपथ ग्रहण गरी काम गर्न योग्य हो भन्ने बुझ्नु पर्ने बताउनुभयो । ‘सर्वोच्च अदालतको आदेश प्रति भ्रम र मिथ्या अफवाह फैलाउनु सरासर सर्वोच्च अदालतको आदेश उङ्लघन  गर्नु हो, अधिवक्ता गिरी भन्नुहुन्छ चुनाव जितेपनि सांसद हुन पाउँदैन भन्नु प्रस्पिर्धी उम्मेदवारहरुको पराजित मानसिकताको उपज हो ।  उम्मेदवार जोशी निर्वाचनमा विजयी भएका बखत सांसदको पदभार ग्रहण गरी जिम्मेवार सम्हाल्न कुनै पनि कानुनले नरोक्ने उहाँले बताउनुभयो ।यस किसिमका हल्ला नेपालको संविधान, निर्वाचन कानुन निर्वाचन आचार संहिता विपरित भएको वरिष्ठ अधिवक्ता गिरी बताउनुहुन्छ ।  ‘यस्तो द्धेषपूर्ण अफवाह निर्वाचन आचार संहिता २०७९ को दफा १३ (१) (प) अनुसार दण्डनीय कार्य  भएको हुँदा यस्ता अफवाह फैलाउने कसुरदारलाई निर्वाचन आचार संहिता २०७९ को दफा ४६ अनुसार कारबाही हुनु पर्ने कानुनी व्यवस्था छ’ गिरीले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button