पछि परेको विकासलाई गतिशिल बनाउँछु :- के.स. भण्डारी

दमौली खबर संवाददाता
दमौली ,२५ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार शङकर भण्डारीले तनहुँको क्षेत्र नम्बर २ विकासम पछि परेको  बताउनु भएको छ ।  क्षेत्र नं २ अन्र्तगत शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा स्थापना गरिएको निर्वाचन सम्र्पक कार्यालयको मङ्गलबार उद्घाटन गर्दै भण्डारीले पछि परेको विकासलाई गतिशिल दिने दाबी गर्नुभयो  ।
पूर्व वनमन्त्री समेत रहुन भएका भण्डारीले विकासका हिसाबले पछाडि परेको क्षेत्र नं २ को मुहार फेर्ने आफ्नो सपना रहेको बताउनुभयो । अझै पनि सडक ,खानेपानी , विजुलीको समस्या रहेको हुँदा ति समस्यालाई समाधान गर्ने विषयमा विशेष ध्यान दिने भण्डारीको भनाई थियो । त्यस्तै काली ,सेती र मादीको जललाई विकास जोड्न विशेष ध्यान दिने उहाँले बताउनुभयो ।  क्षेत्र नं २ धार्मिक ,सास्कृतिक र पर्यटकयि हिसाबले निकै सम्भावना बोकेको क्षेत्र रहेको हुँदा यस क्षेत्रको पर्यटन विकासमा समेत विशेष पहल गर्ने केन्द्रीय सदस्य भण्डारीले बताउनुभयो । क्षेत्र नं. २ गण्डकी प्रदेशको राजधानीसंग जोडिएको भू—भाग भएको हुँदा यसलाई पोखरा देखि दमौलीसम्म एउटै जोड्न आवश्यक रहेको भण्डारीले  बताउनुभयो  ।
 नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले गठबन्धनको मर्म अनुरुप चुनावी प्रचार —प्रसार अभियानमा लाग्नुपर्ने बताउनुभयो  । विगतमा जितेका उम्मेदवारले विकास नगरेको र जनतासँग सम्पर्क नगरेको भोट दिनमात्रै आउने र चुनाव पछि फर्किएर नजाने परिपार्टी देखेर जनता दुःखी भएको उल्लेख गर्दै गठबन्धनको उम्मेदवारलाई विजयी हुनु पर्ने उहाँले बताउनुभयो । ‘मुलुकको  राजनीति सही दिसामा लैजान, स्थिरता तर्फ लैजान, विदेश नीतिलाई परिपक्क बनाउनु अन्तराष्ट्रिय शक्तिसँग राम्रो सम्बन्धन, राष्ट्रिय उत्पादन र रोजगारीमा वृद्धि गर्ने गठबन्धनको उम्मेदवारलाई विजय गराउनुपर्छ’ वाग्लेले भन्नुभयो ।
 माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोइरालाले केपी शर्मा ओलीको निरङकुशतालाई परास्त गर्न पनि गठबन्धनलाई मजबुत ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभयो । संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य भएको समेत कोइरालाको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तनहुँका सभापति एवं क्षेत्र नं २(ख)का उम्मेदवार जीतप्रकाश आलेले जनतालाई मालिक बनाउने व्यवस्था लागि २०७४ को निर्वाचन पछि खतरा भएकोले यस पटक सत्तारुढ दलबीच गठबन्धन भएको बताउनुभयो  । तत्कालिन प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अधिनायकबादको पदमा अग्रसर गराएको आलेले बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति चुडामणी खनालले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा कुनै कसर बाँकी नराख्ने गरी चुनावी अभियान होमिन आग्रह गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button