रोट¥याक्टद्धारा न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग

दमौली खबर संवाददाता
दमौली, भदौ ३० । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा रोट¥याक्ट क्लब अफ दमौलीले बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । जिल्लाको व्यास–१ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयका फरक क्षमतामा बालबालिका सहयोग गरिएको हो ।सो अवसरमा क्लबले विद्यार्थीलाई जाडोमा लगाउने निलो स्विटर, शैक्षिक र खेलकुद सामाग्री सहयोग गरेको क्लबका सचिव किरण श्रेष्ठले बताउनुभयो  ।
कार्यक्रमको प्रमुख अतिथि व्यास–१ का वडाअध्यक्ष रमेश चन्द्र हड्खले हुनुुहुन्थ्यो । सो अवसरमा प्रमुख अतिथि हड्खलेले फरक क्षमता अध्ययन गर्ने विद्यालयलाई संघिय सरकार र स्थानीय सरकारले विषेश ध्यान दिनुपर्ने बताउनुभयो  । उहाँले  अगाडी भने ’पूर्वाधार तयार गर्न बजेटको समेत व्यवस्था गर्नुपर्छ ।’ वडाको तर्फबाट समेत सो विद्यालयलाई सानो रकम भएपनि विनियोजन गरेको उनले जानकारी दिनुभयो । यस्तै सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेतले धर्म भनेको नै बालबालिकाको सेवा भएको बताए । आफु सो विद्यालयलाई जिल्लाकै मावि बहिरा विद्यालय बनाउने लक्ष्यका साथ अघि बढेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
राज्यको ध्यान कम पुगेको बस्नेत बताउछन । समय र महंगी अनुसार बजेट नबढ्दा सरकारले दिएको पैसाले ५० प्रतिशत मात्रै बालबालिकाको आवश्यकता पुरा हुने र आधा दाताकै भर पर्नु परेको अध्यक्ष बस्नेतले गुनासो गर्नु भयो  । त्यस्तै विद्यालयका प्रधानाध्यापक भैरव पन्थले क्लबले परोपकारी काम गरेको बताउनुभयो  । सामग्री पाएपछि विद्यार्थीमा खुसी छाएको विद्यालयले जनाएको छ ।  सोही अवसरमा क्लबले म्याग्दे–७ का क्यान्सर पिडित बिरेन्द्र पौडेललाई उपचारका लागी ११ हजार रुपैयाँ सहयोग गरेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button