महोत्सवमा बद्री पंगेनी र कला लम्सालले दर्शक नचाए आज सम्झना लामिछाने मगर, पवन राना, बल बिक्रमथापाको प्रस्तुति हुने

दमौली खबर संवाददाता

दमौली, पुस ३० ।

दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा आज मंगलबार बद्री पँगेनी, कला लम्साल प्रस्तुतिलाई हेर्न दर्शकको बाढी आएझैं भएको छ । आज महोत्सवमा दशौं हजार दर्शकले महोत्सव अवलोकन गरेका महोत्सवका प्रवक्ता नन्दु थापा मगरले बताउनुभयो ।

उहाँका अनुसार दर्शकको बाक्लो उपस्थितिले महोत्सवमा व्यापारसमेत उल्लेख्य वृद्धि भएको छ । महोत्सवको कृषि परिसर, विभिन्न व्यावसायिक स्टलहरु, बालउद्यान, जातजातिको घरलगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको थियो । पंगेनीले महोत्सवमा जातिय विभेद विरुद्धको गीत गाउनु भएको थियो । ‘कलाचल्यो, गला चल्यो मान्छे चलेन’ बोलको जनचेतना मुलक गीत गाउँदा दर्शक भावुक भए थिए भने रातो पच्छौरी लगायतका गति गाउँदा दर्शकहरु रमाई रमाई नाचेका थिए । आफ्ना गायक पंगेनीसँग सेल्फी तस्बिर लिनेहरु, हात मिलाउन चाहनेहरुको भीड लागेको थियो । पंगेनीको को प्रस्तुति सुरु हुनसाथ मञ्च स्थलवरपर दर्शक ओइरिएका थिए । महोत्सवमा गायिका कला लम्साल, सञ्जिवसिंह राना लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । यस्तै महोत्सवको दशौं दिन आइतबार माघे संक्रान्तिको अवसरमा चर्चित गायिका सम्झना लामिछाने मगर, गायक पवन राना, गायक बल बिक्रम थापा मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुति रहने महोत्सवका प्रवक्ता नन्दु मगरले जानकारी दिनुभयो । महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रर्वद्धन र तनहुँको पर्यटकीय विकासमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button