चन्दा उठाएर २९ लाख संकलन गरी एम्बुलेन्स सञ्चालन

दमौली खबर संवाददाता
व्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले चन्दा उठाएर एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याएको छ । चन्दा उठाउनको लागि अभियान थालि २९ लाख १४ हजार २१९ रुपैयाँ संकलन गरी सञ्चालनमा ल्याईएको हो ।
‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ विसं ०७७ भदौ १९ गतेका नेपाल रेडक्रस दिवसको दिनबाट अभियान शुरु थालेको सो उपशाखाले १० महिनाको अवधिमा सो रकम संकलन भएको उपशाखाका सभापति रामदत्त पौडेलले जानकारी दिए । चन्दा संकलन गरी अभियान सञ्चालन गरिएकोले हौसला प्रदान गर्न व्यास नगरपालिकाले ५ लाख र रेडक्रस केन्द्रीय कार्यालयले ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको उनले जानकारी दिए ।

एम्बुलेन्सको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले बुधबार उद्घाटन गरेका छन् । सो अवसरमा नगर प्रमुख न्यौपानेले धेरै जनसंख्या भएको वडामा एम्बुलेन्स आवश्यक भएकोले उपशाखाले उदाहरणीय काम गरेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य प्रदीप घिमिरेले उपशाखाको कार्यको प्रशंसा गर्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रले उपशाखालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । । गरे सकिन्छ भन्ने सन्देश उपशाखाले दिएको छ भन्दै अरु पनि यस्तै नमुना कार्य गर्नको लागि उत्प्रेरणा मिलोस् भन्ने शुभकामना प्रदान गरे । यसै अवसरमा उपमेयर मिरा जोशीले गर्भवती महिलाहरु साथै अति विपन्नहरुका लागि निशुल्क सेवा दिनको लागि यो उपशाखा निरन्तर लागिरहोस् भन्ने सन्देश दिइन् ।

यसै क्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका सभापति कृष्ण हरि वाग्ले, मन्त्री चिनु पोखरेल, शिक्षक महासङ्घका जिल्ला अध्यक्ष रामचन्द्र पोखरेल, निजामती कर्मचारी युनियन संघ तनहुँका अध्यक्ष नारायणप्रसाद अधिकारी, ट्रेड युनियन काँग्रेस जिल्ला अध्यक्ष सूर्यचन्द्र हड्खले, तनहुँ दुग्ध उत्पादक सहकारी संस्था लि का अध्यक्ष यज्ञप्रसाद शर्मा, दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तुलसीराम सुबेदी, शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष प्रेम राज मिश्र लगायतका वक्ताहरुले उपशाखाको कार्यको प्रशंसा गर्दै दिगोपना कायम राख्न आवश्यक सुझाव दिए । उपशाखाका सभापति रामदत्त पौडेलको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा एम्बुलेंस अभियान का संयोजक ईश्वर पौडेलले अभियानको बारेमा बटुलेका अनुभव तथा प्रतिवद्धताहरु प्रस्तुत गर्दै स्वागत गरेका थिए ।

एम्बुलेन्स अभियानका सचिव श्रीकृष्ण आचार्यले एम्बुलेन्स अभियानको हालसम्म २९ लाख ९ हजार ७ सय ५६ रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको मा जसमध्ये १३लाख ६६हजार ५६० रुपैयाँ खर्च भएको जानकारी गराए । कार्यक्रम उपशाखाका सचिव याम प्रसाद सापकोटाले सञ्चालन गरेका थिए । एम्बुलेन्सले कोभिड संक्रमित विरामीहरुलाई ५०प्रतिसत , अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिसत तथा सुत्केरिहरुका लागि २०प्रतिसत छुट दिने निर्णय गरेको जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button