८७ थप संक्रमित १ को मृत्यु

दमौली खबर संवाददाता
कोरोना भाइरसको कारणले गर्दा तनहुँमा गत वैशाख २१ गते देखि नै निषेधाज्ञा गरिएको भएपनि सङ्मणदर न्यून गर्न सकिएको छैन । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । यसरी संक्रमित हुनेमा ४५ महिला र ४२ पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यसैबीच कोरोना संक्रमणका कारण म्याग्दे ४ थर्पुका एक युवकको मृत्यु भएको छ । गत जेठ ३१ गते संक्रमण देखिएका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बुधबार निधन भएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button