युवालाई अवसर दिनु पर्ने सांसद पौडेलको भनाई

दमौली खबर संवाददाता

तनहुँ, चैत १२ गते

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले युवाहरुलाई अवसर दिनु पर्ने बताउनु भएको छ । रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनामा तनहुँको सदरमुकाम दमौलीमा शनिबार आयोजित दोस्रो पिएस मिट तथा पेट्स सेट्स कार्यक्रमको उद्घाटन गर्दै नेता पौडेलले राजनीति प्रति युवाहरुको आकर्षण बढाउन अवसर दिनु पर्ने बताउनुभयो । युवाहरुले राजनीतिमा जति अवसर पाउनु पर्ने त्यति नपाएकोले आर्कषण घट्दै गएकोले युवाहरुको काँधमा जिम्मेवारी थपेर रुचि जगाउनु पर्ने नेता पौडेलले बताउनुभयो । देशको राजनीतिक परिवर्तनको लागि युवाहरुले नै धेरै रगत बगाएको स्मरण गर्दै युवा पुस्ताको उपस्थितीले युवाको माग सम्बोधन गर्न सहज हुने बताउनुभयो । युवामा देश बनाउने सोच र सङ्कल्प हुनु पर्ने नेता पौडेलको भनाई थियो । “रोट¥याक्ट, लियो जस्ता क्लबहरूले युवालाई नेतृत्वमा पुग्न सहयोग पु¥याएको र युवालाई एकजुट बनाएको नेता पौडेलले बताउनुभयो । ‘‘यस्ता क्लबले लोकतन्त्रको अभ्यास गर्न सिकाएको छ, पौडेलले भन्नुभयो रोट¥याक्टले सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण छ’’ ।

यस्ता कार्यक्रम जिल्लाको धार्मिक एवं पर्यटन प्रबद्र्धनमा समेत टेवा मिल्ने पौडेलले बताउनुभयो । रोट¥याक्ट क्लब अफ दमौलीसहित रोट¥याक्ट क्लब अफ बज्र मनास्लु, गोरखा र स्यम्बु भैसीपाटीको आयोजना र रोट¥याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र वीरगञ्ज मेट्रोपोलिस सहआयोजकको रूपमा छन् ।

कार्यक्रममा देशभरका एक सय ८० रोट¥याक्ट क्लबका अध्यक्ष, सचिव तथा सदस्य गरी सात सयभन्दा बढीको सहभागिता रहेको रोट¥याक्ट क्लब अफ तनहुँका सचिव किरण श्रेष्ठले बताउनुभयो । आन्तरिक पर्यटन प्रवद्र्धनसहित दमौली र तनहुँका विभिन्न पर्यटकीयस्थलको प्रचार–प्रसार गर्ने उद्धेश्यले दमौलीमा कार्यक्रमा गरिएको क्बलका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button