धार्मिक पर्यटनको माध्यमबाट तनहुँलाई समृद्ध बनाउन सकिने नेता पौडेलको भनाई

दमौली खबर संवाददाता
तनहुँ, भदौ ३ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले तनहुँमा धार्मिक महत्व रहेको स्थान धेरै भएकोले धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउन सकिने बताउनु भएको छ ।  धार्मिक पर्यटकीय गन्तव्यस्थलको पूर्वाधार निर्माणमा ध्यान दिई पर्यटकलाई आर्कषणको बनाई लाभ लिन आफूले पहल कदमी गरिहेको नेता पौडेलको भनाई थियो ।  श्रीकृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषद्वारा व्यास–३ स्थित शिवपञ्चायन मन्दिर क्षेत्रमा शुक्रबार आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक महत्व बोकेको व्यास र पराशर क्षेत्रको एकीकृत विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
चारवेद, अठ्ठार र पुराणका रचयिता वेदव्यासको जन्मभूमी, माता सत्यवतीको पुण्यभूमी, पराशर ऋषीको तपोभूमी, आदिकवि भानुभक्त आचार्यको जन्म जिल्ला तनहुँ भएकाले धार्मिक पर्यटकीय महत्व रहेको पौडेलले बताउनुभयो व्यास पराशर क्षेत्रलाई विश्वभरका हिन्दू धर्मावलम्बीको आकर्षणको केन्द्रबिन्दु बनाउनुपर्ने नेता पौडेलको भनाइ थियो । ‘विश्वभरका धार्मिक पर्यटकलाई तनहुँमा आउने वातावरण बनाउनेतर्फ लाग्न जरुरी छ’ पौडेलले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थल बनाउन आफूले पहल गरिरहेको बताउनुभयो । त्यस्तै मानुङकोट, छाब्दीबाराही, तनहुँ कालिकालगायतलाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गरी समग्र तनहुँको विकास अभियान सञ्चालन गर्नेतर्फ ध्यान दिइने उहाँले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मा, गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, व्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठल लगायतले वृक्षरोपण गर्नुभएको थियो । नेता पौडेल शनिबार भानु  नगरपालिका र बन्दीपुर गाउँपालिकाका आधा दर्जन विभिन्न स्थानमा कार्यकता भेटघाट गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button