जहाँबाट चुनाव हारेको छु त्यहीबाट जितेर मात्रै मर्न चाहन्छु ः नेता पौडेल

तनहुँ, भदौ ४ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँबाट नै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । नेता पौडेलले  शुक्रबार दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै तनहुँको क्षेत्र नम्बर १ बाट आफू निर्वाचनमा उम्मेद्वार बन्ने बताउनु भएको हो । ‘म तनहुँबाटै उम्मेदवार बन्ने हो म जहाँबाट चुनाव हारेको छु त्यहीबाट जितेर मात्रै मर्न चाहन्छु’ वरिष्ठ नेता पौडेलले भन्नुभयो ।
     पाटी सभापति शेरबहादुर देउवा, गृह जिल्लाका केन्द्रीय सदस्य सार्थीहरु र पाटी सभापतिसँग राखेर कुरा गरिसकिएको र समझादारी भईसकेको आफू नै उम्मेद्वार बन्ने पौडेलले बताउनुभयो । केन्द्रीय स्तरको नेता भएकोले काठमाडौं, चितवन लगायतका जिल्लाबाट उम्मेद्वार बन्ने चर्चा छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले गृह जिल्ला तनहुँबाटै चुनाव लड्ने स्पष्ट पार्नुभयो । आगामी सङ्घ तथा प्रदेशको निर्वाचनमा सत्तारुढ दलबीच चुनावी तालमेल हुने भएपनि तनहुँ क्षेत्र नम्बर १ बाट आफू नै उम्मेदवार बन्ने बताउनुभयो ।  ‘मैले लड्ने भएपछि दाबी लाग्दैन, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि कुरा भएको छ’ नेता पौडेलले भन्नुभयो । समाजवादीलाई अन्य स्थानमा व्यवस्थापन गरिने नेता पौडेलले बताउनुभयो ।
वरिष्ठ नेता पौडेल २०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा तत्कालिन नेकपा –एमाले) का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानसँग पराजित हुनु भएको थियो । श्रेष्ठ हाल नेकपा एकिकृत समाजवादीमा हुनुहुन्छ । श्रेष्ठले २०७४ को निर्वाचनमा ३४ हजार ४८९ मत प्राप्त भएको थियो भने काँग्रेस वरिष्ठ नेता पौडेलले २७ हजार ६७५ मत प्राप्त गर्नु भएको थियो  ।  ‘म तनहुँबाटै उम्मेदवार बन्ने हो म जहाँबाट चुनाव हारेको छु त्यहीबाट जितेर मात्रै मर्न चाहन्छु’ वरिष्ठ नेता पौडेलले भन्नुभयो । स्थानीय तहको निर्वाचनमा काँग्रेससँगै नेकपा माओवादी केन्द, एकिकृत समाजवादी पाटी, जनता समाजवादी पाटी लगायतले बनाएको गठबन्धन आगामी निर्वाचनमा पनि रहने भएपछि गठबन्धन भित्रका प्रभावशाली नेताहरुको क्षेत्रमा हुने चुनावी विषयले नागरिकको ध्यानाकर्षण गरेको पाईन्छ ।
           गठबन्धनमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकिकृत समाजवादी पाटीका केन्द्रिय सदस्य कृष्णकुमार श्रेष्ठले पाँच बर्ष अघि निर्वाचन लडेको क्षेत्रमा दाबी गरेपछि तनहुँ १ राष्ट्रिय चर्चाको विषय बनेको छ । गठबन्धन भित्र एकिकृत समाजवादीका निर्वाचित सांसद सिट सुरक्षित हुने यस अघि नै निर्णय भएकाले श्रेष्ठको दाबी स्वभाविक देखिन्छ । उनले गठबन्धन भित्र भएको निर्णयबाट आफु ढुक्क रहेको र तनहुँ १ बाट नै निर्वाचन लड्ने बताउदै आएका छन् । गठबन्धनमा काँग्रेसका वरिष्ठ नेता पौडेल अन्य स्थानबाट समेत निर्वाचनमा भाग लिन सक्ने सुविधा भएको हुदाँ आफ्नो दाबी रहेको श्रेष्ठले गर्नु भएको छ । संघीयता पछिको  पहिलो निर्वाचनमा नेकपा एमालेका तर्फबाट कृष्णकुमार श्रेष्ठले काँग्रेस वरिष्ठ पौडेललाई पराजित गर्नु भएको  । हाल एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य रहेका तनहुँ १ मा पौडेलद्धारा उम्मेदवारी दिने घोषणा राष्ट्रिय चर्चाको विषय बनेको तनहुँ १ निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।
    नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा गोविन्दराज जोशीले पनि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्ने घोषणा गरिसक्नु भएको छ । जोशीले पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेदवार बन्ने उद्घोष गर्नु भएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button