तनहुँमा करेन्ट लागेर पाल्पा निवासी बुबा र छोराको मृत्यु, एक महिला घाईते

दमौली खबर संवाददाता
दमौली, भदौ ३ गते ।
तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर  एकै परिवारको दुईको मृत्यु भएको छ भने एक जना घाईते हुनु भएको छ । शुक्लागण्डकी नगरपालिका–२ कोत्रे स्थित गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका बुबा र छोराको मृत्यु भएको छ भने श्रीमती घाईते हुनु भएको हो ।
 बिहीबार साँझ ६ः३० बजेको सो खोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका पाल्पा जिल्लाको निस्ती गाउँपालिका–५ घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रे स्थित बङ्गुर फारममा काम गर्दै आएका बर्ष २२ को चित्र बहादुर ब्याम्बो र छोरा ९ महिनाको आदी ब्याम्बोको मृत्यु भएको र  निजकै श्रीमती बर्ष १९ कि दिलमाया ब्याम्बो घाईते भएको प्रहरीले जनाएको छ ।
  माछा मार्ने क्रममा अचानक करेन्ट लागि तिनैजना गम्भिर घाइते भएकोमा घाईते मध्ये चित्रबहादुर  र छोरा आदी ब्याम्बोको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बिहिबार राती ९ः३० बजेको समयमा मृत्यु भएको एवं घाईते दिलमायाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button