परिक्षण घट्दा संक्रमित घटे

तनहुँमा दैनिक कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो समय परिक्षणको दायरा घटेसंगै संक्रमितको संख्या घटेको हो । मंगलबार तनहँुमा ६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको विवरण अनुसार तनहँुको दुई पालिकामा ६ जना संक्रमित थपिएका हुन् ।व्यास नगरपालिकामा ३ जना र म्याग्दे गाउँपालिकामा ३ संक्रमित थपिए ।

पछिल्लो समय कोरोना संक्रमितको तथ्याङक हेर्ने हो भने संक्रमितको संख्या ओरालो लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंखरबाबु अधिकारीका अनुसार लक्षण भएका मात्र परीक्षणमा गर्न आउने भएकाले संक्रमितको दर घटेको हो । परीक्षण गर्ने क्षमताअनुसार परीक्षण गर्न नआएको उनको भनाई छ ।

तनहँुमा मंगलबारसम्म संक्रमितको संख्या एक हजार तीन सय २० पुगेको छ । जसमा निको हुनेको संख्या एक हजार ७१ जना छ । संक्रिय संक्रमितको संख्या दुई सय ३० रहेको जनाईएको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button