प्राविधिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन गरिएको अन्तरक्रिया सम्पन्न

दमौली खबर संवाददाता

दमौली, माघ १५

प्राविधिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्धेश्यले दमौलीमा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा परिषद(सिटिईभिटी) गण्डकी प्रदेशले कार्यक्रम गरेको हो ।

गण्डकी प्रदेश भित्र रहेका जिल्लाहरुमा प्राविधिक शिक्षा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्धेश्यले दमौलीमा आईतबार र सोमबार गरी दुई दिन अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको थियो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशसँगको समन्वय र सहकार्यमा गुणस्तरीय प्राविधिक शिक्षाको सञ्चालन र व्यवस्थापन सम्बन्धमा अन्तरक्रिया तथा छलफलको कार्यक्रम आयोजना गरिएको हो । हालको अवस्था के छ ? हुने पर्ने के हो ? यसलाई कसरी सम्पादन गर्ने, कसको भूमिका कस्तो रहने आदिको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको सिटिईभिटी गण्डकी प्रदेशका प्रमुख प्रमोद आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा लागि प्रदेश भित्रका आङ्गिक, साझेदारी, टेक्स र नीजि शैक्षिक संस्थाहरुका प्रधानध्यापक÷शिक्षालय प्रमुख÷ कार्यक्रम सञ्चालकहरु गरी ५१ जना सहभागी थिए । तनहुँ, लमजुङ,गोरखा, नवलपुर जिल्लाका सहभागी रहेका छन् । यसैगरी १९ र २० गते पोखरामा कास्की, स्याङ्जा, वाग्लुङ, पर्वत र मुस्ताङका सहयागीबीच छलफल तथा अन्तरक्रिया गरिने आचार्यले जानकारी दिनुभयो । तेस्रो चरण अन्तर्गत प्राविधिक धार (९–१२) का विद्यालयहरुको कार्यक्रम माघ २२ पोखरामा गरिने उहाँले जानकारी दिनुभयो । सामाजिक विकास र स्वास्थ्य मन्त्रालयका अधिकृत सुशिला अधिकारी र ऋषि वास्तोलाले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा पालिकाहरुमा सीपयुक्त जनशक्तिका आवश्यकता , प्राविधिक शिक्षाको महत्व, सम्भावनालाई विद्यार्थी सम्म पुयाउन गर्नुपर्ने आवश्यक कार्यक्रम, राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपका व्यवस्था, प्राविधिक तथा व्यावसायिक शिक्षाका समस्या समाधानका लागी तीनै तहका सरकारको भूमिका र मन्त्रालयले लागु गर्नुपर्ने नीति तथा कार्यक्रम बारे छलफल गरिएको थियो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका उपसचिव तोयानाथ लम्सालले सिकाइ उपलब्धी मापनयोग्य मापदण्डको आधार तयार गर्न, औपचारिक र अनौपचारिक पद्धतीबाट हासिल गरेका ज्ञान, सीपलाई परिक्षण तथा प्रमाणित गर्न र विद्यार्थीले आर्जन गरेको शिक्षालाई राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता दिलाउन व्यावसायिक योग्यता प्रारुपको अवधारणा तयार गरी नेपाल सरकारबाट स्वीकृत गरी लागु हुने चरणमा रहेको जानकारी दिनुभयो । कार्यक्रमको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश हेमराज सुवेदीले समापन गर्नुभयो । सो अवसरमा सुवेदीले प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा परिषद(सिटिईभिटी) गण्डकी प्रदेशको सक्रियता अन्य प्रदेशको भन्दा धेरै रहेकोले खुुुुसी लागेको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button