सहिदहरुको गाउँ पुलिमराङलाई उपेक्षा नगरौं

तनहुँको व्यास नगरपालिका–८ स्थित ‘सहिदहरुको गाउँ’ भनेर चिनिने पुलिमराङ उपेक्षित अवस्थामा रहेको छ । एउटै गाउँबाट ६ जना सहिद भएको गाउँ भएपनि त्यहाँ पुग्नको लागि साँघुरो र जोखिमपूर्ण तरिकाबाट जानु पर्ने बाध्यता अझै रहेको छ ।

राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध होमिएर मुलिमराङका भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङ गरी ६ जनाले शहादत प्राप्त गर्नु भएकोले नेपालकै सबैभन्दा धेरै सहिद भएको गाउँ हो । ति सहिदको सम्झनामा अर्धकदको प्रतिमाहरु राखिएर सहिद स्मारक पार्क बनाईएनि उचित तरिकाबाट संरक्षण हुन सकेको छैन । १ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा पुलिमराङका धर्मध्वज गुरुङले शहादत प्राप्त गर्नु भएको थियो । राणा शासनको दमन विरुद्ध नेपाली कांग्रेसले चलाएको आन्दोलनमा होमिने क्रममा धर्मध्वजले शहादत प्राप्त गर्नु भएको थियो । फेरि २०१७ मा निर्दलीय पञ्चायती व्यवस्था आएपछि धर्मध्वजले देखेको सपना अधूरै हुने देखिएपछि धर्मध्वज गाउँ चुपचाप बस्न चाहेन । देशको विकास र परिवर्तनका खातिर यहाँका युवामा क्रान्तिको ज्वाला झनै दन्कियो । निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको क्रान्तिमा लाग्न थाले । २०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाईमा पनि पुलिमराङ अग्रमोर्चामा देखियो । त्यो लडाँइमा फेरि पुलिमराङले पाँच जनालाई गुमाउन पुग्यो । २०१८ मा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तविर गुरुङले तनहुँको कोत्रेमा शहदात प्राप्त गर्नुभयो । शमसेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिनु भएको थियो । यदी ठुलो सङ्ख्यामा एउटै गाउँबाट शहादत प्राप्त गरेकाले सो गाउँलाई सहिदको गाउँ भनेर चिनिने गरिएको हो । एउटै गाउँका ६ जना सहिदको योगदानलाई स्मरण गर्दै राज्यले विकासको त मुल फुटाउनुपर्ने थियो, पुलिमराङवासीको अपेक्षा थियो । तर त्यो अपेक्षा पुरा भएन दशकौँसम्म । ढिलै भएपनि व्यास नगरापलिकाले यस गाउँलाई चिनाउने र विकासका पूर्वाधारमा ध्यान दिन थालेको छ । शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको छैटौं व्यास नगर अल्टा म्याराथन प्रतियोगिताले पनि नगरपालिकाले ध्यान दिएको देखिन्छ । व्यास नगरपालिकाको वडा नम्बर ५ को मानहुँदेखि वडा नम्बर ८ को सहिदग्राम पुलिमराङ सम्मको ४४ किमी दुरीको यस प्रतियोगिता शहीदको सम्मानको लागि पनि निरन्तरता दिइनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button