प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गर्न प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाई

दमौली खबर संवाददाता

दमौली, फागुन १३

तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

वडा नं ६ स्थित प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक दिवसलाई शनिबार सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो । अध्यक्ष श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न स्थानिय स्तरवाट नै पहल गर्नुपर्ने वताए । संस्थागत विद्यालयमा पढाउन ठुलो खर्च गर्ने अभिभावकहरु सामुदायिक विद्यालयलाई उपेक्षा गर्दा यसको विश्वासनियता नै घटेको समेत वताउनुभयो । सरकारी विद्यालयको शिक्षकहरु हरेक पक्षमा सवल हुदाँ हुदाँ पनि स्थानिय वासीहरुले वेवास्ता गर्दा यसको महत्व घटेको समेत उहाँले वताए । राज्यले आम नागरिकलाई शिक्षामा पहुँच वनाउनको लागी ठुलो खर्च गरेको तर त्यसको उपयोगिता नहुदाँ सरकारी विद्यालय र शिक्षक नै उपेक्षामा परेको समेत वताउनुभयो ।

आधुनिकताको नाममा संस्थागत विद्यालयमा पढाउने होडवाजीले शिक्षा क्षेत्रमा नै विकृति निम्तिएको हुदाँ सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नुको विकल्प नभएको समेत वहाँले वताउनुभयो । सरकारी विद्यालयले नै विद्यार्थीको अभिन्न अंग वनेको हुदाँ स्थानिय समुदाय नै विद्यालयको गुणस्तर वनाउन लाग्नुपर्ने समेत उहाँले वताउनुभयो ।

म्याग्दे ६ का वडाध्यक्ष हिरा गुरुङले आम नागरिकले आफनो भुमिका वहन नगर्दा सरकारी विद्यालयप्रति आम जनताको नैराश्यता वढेको वताउनुभयो । संंस्थागत विद्यालयमा पढाउनका लागी अभिभावकले विद्यार्थीमा ठुलो लगानी गरेको तर त्यहि शिक्षा प्राप्त हुने सरकारी विद्यालयमा भने त्यहि विद्यार्थीलाई गरिने व्यवहारमा विभेद भएको वताउनुभयो । वोडिङ्गमा मासिक शुल्क तिर्न सक्ने, विद्यार्थीलाई पोशाक किन्न सक्ने, विभिन्न नाममा चर्को शुल्क लिने वोडिङ्गमा जे गरेता पनि नवोल्ने अभिभावक सरकारी विद्यालयमा सरकारले गरेको लगानीमा भने सधै प्रश्न चिन्ह खडा गर्ने वताउनुभयो ।

विद्यालयको प्रधानाध्यापक उपेन्द्र थापाले वार्षिकोत्सवमा विद्यालयको आर्थिक तथा भौतिक प्रतिवेदन पेश गर्नु भएको थियो भने सोही अवसरमा विभिन्न विद्यालयमा योगदान दिने चन्दादाता, समाजसेवीलाई सम्मान समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितीको अध्यक्ष विनोद गुरुङको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button