चोरी गरेको मोटरसाइकल सहित युवक पक्राउ

दमौली खबर संवाददाता

तनहुँ, फागुन २९ गते

चोरी गरेको मोटर साईकल सहित तनहुँ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । चितवन भरतपुर म.न.पा.वडा नं. १६ घर भएका बर्ष २७ को राजकुमार थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थापाले फागुन २५ साँझ तनहुँको देवघाट गाउँपालिका–५ टाउनचोक बस्ने घनश्याम अधिकारीको घर अगाडी पार्किङ गरी राखेको ना ४४ प २९७४ नं.को सुपर स्पेलेण्डर मोटरसाइकल चोरी गरेका थिए । खोजतलास गरी पाउँ भनि अधिकारीले ईलाका प्रहरी कार्यालय देवघाटमा दिएको निवेदन दिएको आधारमा खोजी गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

उक्त नं. को मोटरसाइकल खोजतलास गर्ने क्रममा देवघाट गाउँपालिका– ५ मा फेला पारी नियन्त्रणमा लिईएको प्रनाउ खाँडले बताउनुभयो । चोरी गरी लगेको उक्त नं.को मोटरसाइकल समेत बरामद थापालाई आईतबार तनहूँ जिल्ला अदालतमा उपस्थित गराई सात दिनको म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button