अध्यक्ष भट्टराईद्धारा शिक्षक कल्याणकारी कोषको लागि दुई लाख सहयोग

दमौली खबर संवाददाता

तनहुँ, फागुन २९ गते

नेपाल शिक्षक सङ्घ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले शिक्षक कल्याणकारी कोष स्थापना गर्नको लागि दुई लाख रुपियाँ प्रदान गर्नुभएको छ । अध्यक्ष भट्टराईले आईतबार सो रकम नेपाल शिक्षक सङ्घ तनहुँका अर्थ सचिव राजु ढकाललाई रकम प्रदान गर्नु भएको हो ।

समस्यामा परेका शिक्षकलाई मद्धत पु¥याउने उद्धेश्यले नेपाल शिक्षक सङ्घ तनहुँले स्थापना गरेको कोषमा रकम जम्मा गर्न अध्यक्ष भट्टराईले रकम प्रदान गर्नु भएको हो । सङ्घको फागुन २० गते गरिएको नवौं अधिवेशनको क्रममा आफू अध्यक्षमा निर्वाचित भए अक्षय कोष स्थापना गर्ने र शिक्षक कल्याणकारी कोषलाई देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । प्रतिबद्धता पुरा गर्न आफूले रकम प्रदान गरेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

अध्यक्ष भट्टराई सामाजिक कार्यमा सक्रिय हुनुहु्न्छ । उहाँले व्यास नगरपालिका–७ स्थित व्यास नगर समता विद्यालयकामा अध्यक्ष गर्ने ४४ जना छात्रालाई एक साता अघि स्टेशनरी सामग्री प्रदान गर्नु भएको थियो । केही समय अघि सोही विद्यालयका छात्र छात्राहरुको लागि पोशाख पनि सहयोग गर्नु भएको थियो । अध्यक्ष भट्टराईले ऋण तिर्न नसकेर आत्मदाहा गर्नु भएका झापाका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० हजार रुपियाँ आर्थिक सहयोग गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button