वास्नादार बटारे धूप बनाउने तालिम सम्पन्न

दमौली खबर संवाददाता

दमौली फागुन २९

बौद्धिक अपाङ्गता भएकाव्यक्ति र अभिभावकहरुको लागि सञ्चालित वास्नादार बटारे धूप बनाउने तालिम आईतबार संम्पन्न भएको छ । सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ मन्त्रालय आर्थिक सहयोगमा सञ्चालित तिन दिने तालिम सम्पन्न भएको हो ।

तालिमको व्यास नगर पालिकाको उपप्रमुख इन्दिरा दरैले समापन गर्नुभयो । सो अवसरमा दरैले अपाङ्गता भएकाव्यक्तिहरुको आर्थिक सशक्तिकरणक लागि आगामी दिनमा व्यास नगरपालिकाले सीपमूलक तालिमहरुको सञ्चालनको लागि पहलगर्ने बताउनु भयो । उक्तकार्यक्रममाअपांगता अधिकारकर्मी मदनपौडेल, तनहु बहिरा संघका अध्यक्ष राजन रानाभाट, अपांगत ामहिला सशक्तिकरण समाज तनहुँका सचिव सीता देवीकँुवर, तनहुँ नेत्रहीन सघका कोषाध्यक्ष तारा कुमारी पोख्रेल, रिसेडका कोषाध्यक्षशोभा लम्साल र सहृदयी मञ्चका सल्लाहकार कृष्ण बहादुर थापा लगायत तालिम सञ्चालन गरिएकोमा खुसी व्यक्त गर्नुभयो । तालिमका सहभागी उर्मिला आचार्य र निर्मला घिमिरे अपांगता भएकाव्यक्तिहरुको आर्थिक सशक्तिकरणमा यो तालिम पश्चातबौद्धिक अपांगता भएका व्यक्तिहरु संगठित भई उत्पादन भएको धुपको बजारीकरण गर्न सफल हुने विश्वास व्यक्त गनुृभयो । कार्यक्रमको मञ्चको अध्यक्ष सावित्री सुवेदीले गर्नु भएको थियो भने स्वागत कोषाध्य क्षकल्पना भण्डारी, धन्यवाद उपाध्यक्ष निर्मला श्रेष्ठ गर्नु भएको थियो भने सहजीकरण सचिव कृष्ण थापाले गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button