आज फाल्गुन ३ गते नेपाली काग्रेंस तनहँुले वर्तमान सरकारको असंवैधानिक, प्रतिगामी कदम विरुद्ध गरेको विरोध सभा

नेपाली काँग्रेसको केन्द्रीय निर्देशान् अनुसार तनहुँँमा समेत प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शन गरिएको छ । तनहुँ काँग्रेसको आयोजनामा व्यास ३ स्थित पार्टी कार्यालयमा विरोध प्रदर्शन गरिएको हो । विरोध सभामा सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कम्युनिष्ट सरकारअका प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लामो समयसम्म अन्धकारमा धकेल्न खोजेको आरोप लगाए ।
संसद पुनर्वहालीका लागि काँग्रेसले नेत्रित्व गर्दै अब आन्दोलन अघि बढाउने उनले बताए । संसद विघटनको सर्वोच्चमा रिट परेकोले सर्वोच्चको निर्णयले देशको भविष्यको निर्माण गर्ने उनको भनाइ रहेको छ । संविधानको संरक्षण गर्ने वा नगर्ने भन्ने अब न्यायिक निकायको हातमा छ । हामी लोकतान्त्रिक पद्धतिमा जान चाहन्छौं । राजा ज्ञानेन्द्रले समेत प्रतिनिधिसभा विघटन गर्दा सर्वोच्चले नै फैसला गर्दै लोकतन्त्रको रक्षा गरेको स्मरण गर्दै नेता घर्तीले पुन: सर्वोच्चले संविधानको मर्म बुझेर निर्णय गर्नेमा विश्वास रहेको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button