निर्वाचनको तिब्र तयारी जुट्यो जोशी समुह काँग्रेस नेता जोशी आज गृह जिल्लामा आउँदै

दमौली खबर संवाददाता
दमौली, असोज २ ।   मंसीर ४ गतेको संघ तथा प्रदेशको निर्वाचनको मिति नजिकिए सँगै राजनाीतिज्ञ गोविन्दराज जोशी समुहको स्वतन्त्र अभियानले प्रचार प्रसार तिब्र रुपमा गरेको छ ।  चुनावी अभियान तथा  भेटघाटको लागि आज गृह जिल्ला तनहुँ आउनु हुने भएको  छ । कार्यकर्ता भेटघाट र मतदातासँग मत माग्नको लागि जोशी गृह जिल्ला आउनु हुने भएको उहाँको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार संघ तथा प्रदेश निर्वाचनको तयारीको सम्बन्धमा कार्यकर्तासँग राय, सुझाव  तथा परामर्श गरिसकिएको  छ । नेपाली काँग्रेस पार्टीको वर्तमान नेतृत्वले तय गरेको निर्वाचन सम्बन्धि चिन्तन, गठबन्धन र कार्यशैली प्रति असतुष्टी जनाउँदै आउनु भएको विकास प्रेमी एवं राजनीतिज्ञ जोशी आफै तनहुँ १ बाट निर्वाचनमा उठ्ने घोषणा गरिसक्नु भएको छ । वीपीको विचार, आर्दश र सिद्धान्तमा वर्तमान काँग्रेस नेतृत्वमा हिड्न नसकेको गंभिर आरोप लगाउनु भएका नेता जोशी आफूलाई विपीको सच्चा अनुयायी ठान्नुहुन्छ ।
१८ वर्ष देखि सत्ता बाहिर रहनु भएका जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित हुनुहुन्छ । उहाँको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो ।सोही समयको नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् । नेता जोशी आगामी संघीय चुनावमा कांग्रेसको तर्फबाट सङ्घीय चुनावमा उठ्ने र पार्टीले टिकट नदिएमा जनताको तर्फबाट चुनाव उठ्ने घोषणा गरिसक्नु भएको छ । ]
     नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनी सक्नु भएका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् । उहाँ सत्ता बाहिर रहेसँगै जिल्लाको विकास अवरुद्ध भएपछि जनताको सेवाको लागि उम्मेदवार बन्न नेता जोशीलाई कार्यकताको दबाब छ । स्थानीय तहको निर्वाचनको समयमा नेता जोशी समुहले स्वतन्त्र उम्मेदवारी दिएको कैची चुनाव चिन्हले राम्रो मत पाएकोले संघीय चुनावमा बाजी मार्ने आशामा सो समुह छ । स्थानीय तहको चुनावमा एमालेसँग गठबन्धन भएको थियो । संघीयमा तथा प्रदेशको निर्वाचनमा गठबन्धन हुन सक्ने र नभएपनि एक्लै मैदानमा उठ्न जोशी समुहले तयारी गरिसकेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button