अभिनेता शाहको मुद्धाको सुनुवाई स्थिगित

दमौली खबर संवाददाता
अमरराज नहर्की
तनहुँ, असोज २ गते । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा आईतबार हुने भनिएको सुनुवाई स्थिगित भएको छ ।  भदौ १५ सुनुवाई हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आईतबार सुनुवाई हुने भनिए तेस्रो पटक स्थगित भएर पुनः सरेको हो ।
     चिट्टा थुप्ने क्रममा जिल्ला न्यायधिस हरिश्चन्द्र ढुङ्गाले सुनुवाई हुने भएकोमा उहाँको विदामा भई काठमाडौंमा हुनु भएकोले स्थिगित भएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो । मिति तोक्न बाँकी रहेकोले दशैं पछि सुनुवाई हुने सम्भावन रहेको गौतमले बताउनुभयो । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाइ हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश दल बहादुर केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेको थिएन ।
नवलपुर जिल्ला अदालतले भदौ २१ गते  बलत्कारको मुद्धामा भने शाहलाई सफाई दिएको थियो भने यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाएँ, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको थियो । गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो ।
अभिनेता शाहका विरुद्ध नवलपुरमा पनि जबरजस्ती करणी गरेको भनि  अर्को जाहेरी परेको थियो । उक्त अभियोगमा तनहुँ जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशविरुरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुग्नु भएको थियो । थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिनु भएको थियो । तर अदालतले निवेदनलाई अस्वीकृत गरेको थियो ।
 पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलत्कार हैन भनि बयान फेरेकाले यो मुद्धालाई चासोका साथ हेरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button