आँबुखैरेनीमा ११ जना जुवाडे पक्राउ

दमौली खबर संवाददाता

दमौली साउन २९ गते

तनहुँको आँबुखैरेनीबाट आईतबार दिउँसो दुई बजे ११ जना जुवाडे पक्राउ पक्राउ परेका छन् । आबुँखैरेनी गाउँपालिका– ३ पानीघट्टा स्थित प्रकाश बगालेको घरमा अबैध रुपमा जुवा (तास) खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

ति जुवाडेको साथबाट नगद ६२ हजार तीन सय १० र तास सहित फेला पारिएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय तनहुँबाट पाँच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button