विद्युत सेवालाई प्रभावकारी बनाऔ

दमौली खबर संवाददाता

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि देशलाई लोडसेडिङ मुक्त बनाएर सबैको प्रशंसाको पात्र बन्नुभयो । अध्यारोबाट देशलाई उज्ज्यालो यात्रामा लैजाने घिसिङले नै हाल नेतृत्व लिईरहेको बेला घरी घरी विना सूचना विद्युत जाने समस्याले भने सेवाग्राही मर्कामा परेका छन् । वर्षायाम भएकोले पोल ढलेर, पोल ढल्ने जोखिम भएर जस्ता कारणले विद्युत सेवा अबरुद्ध गर्नु पर्ने हुन सक्छ तर पटक पटक विजुली अबरुद्ध हुने समस्याले व्यवसायीहरु मर्कामा परिरहेका छन् । प्राकृतिक प्रकोपको समस्या बाहेक सामान्य अवस्थामा पनि विजुली धेरै जान थालेको छ । सिष्टम के समस्या आएको सो पत्ता लगाएर समाधान गर्न ध्यान दिनु पर्दछ । विशेष गरी धेरै विजुली जाने समस्याले कुखुरा पालक कृषहरु मर्कामा परेका छन् । गर्मी धेरै भएकोले पंखा लगाउन नपाएर कुखुरा मर्ने गरेका छन् । कृषकले यस्तो अवस्थामा कि क्षतिपूर्ति पाउनु पर्छ कि त विद्युत जाने समस्याको समाधान । कृषि क्षेत्रमा लगानी अनुसारको आम्दानी कम हुने भएकोले विद्युत गएको समयमा जेनेटरको व्यवस्था गर्न पनि समस्या पर्दछ ।

Show More

Related Articles

Back to top button