पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड दुवै तर्फ सूचारु

दमौली खबर संवाददाता

तनहुँ, साउन २९ गते

पृथ्वीराजमार्गको आँबुखैरेनी –मुग्लिन खण्ड दुवैतर्फ सूचारु भएको छ । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा ढुला ठुला ढुङ्गा खस्दा अबरोध भएको मार्ग सूचारु गरिएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको बिपद व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका एवं सडक डिभिजन कार्यालयको सहकार्यमा अबरोध हटाईएको थियो ।

अबिरल वर्षाले गर्दा शनिबार साँझ ६ः ३० बजेको पहिरा खस्न जाँदा राजमार्ग सडक दुईतर्फी सवारीसाधान अबरुद्ध भएकोमा हाल दुईतर्फी नै सञ्चालन भएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । राजमार्गमा ठुला–ठुला ढुङगा समेत खसेकाले दुई तर्फी सञ्चालनमा ल्याउन कठिन भईरहेको थियो । पानी अबिरल परिरहेकोले राजमार्गमा ठाउँ ठाउँमा पहिरो खस्ने र भासिने समस्या भईरहेको छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button